‘बाबुराम नाम कपटको पर्याय’ ः मिनेन्द्र

१३ असार २०६९, बुधबार १८:०५ मा प्रकाशित


काठमाडौं, १३ असार । कुनै हालतमा आफूले राजीनामा नदिने भनी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले समेत सार्वजनिक रुपमै आपत्ति जनाइसकेको सन्दर्भबीच सो पार्टीका प्रवक्तासमेत रहेका शिक्षामन्त्री दीनानाथ शर्माले प्रधानमन्त्रीले पार्टीको आधिकारिक लाइनमा रहेर सो अभिव्यक्ति दिएको दाबी गरेका छन् । संविधानका विवादित विषय र भावी प्रधानमन्त्री को भन्नेमा सहमति नभएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने पनि प्रवक्ता शर्माले दोहो¥याए । राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले भने– ‘राष्ट्रपतिले राजीनामाको आह्वान त गर्न सक्छन् तर प्रधानमन्त्रीलाई हटाएर अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउने हैसियत राख्दैनन् ।’
सोही कार्यक्रममा एमाले नेता भीम रावलले ‘म सबैथोक हुं’ भन्ने हठ त्यागेर बाबुराम भट्टराईले समस्या निकासका लागि बाटो खुला गर्नुृपर्ने जनाए । यसलाई हल्का रुपमा लिए अब छिट्टै आन्दोलनले नै प्रधानमन्त्रीलाई बढार्ने उनको उद्घोष थियो । सेना समायोजन विषेश समितिले पहिले गरेका निर्णय कार्यान्वयन नभएसम्म विशेष समितिको बैठकमा आफूहरु सहभागी नहुने पनि नेता रावलले जनाए ।
यसैगरी नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले बाबुराम भट्टराई भन्ने नाम कपट र षड्यन्त्रको पर्यायवाची भएको आरोप लगाउनुभयो । भट्टराईले सत्ता लम्ब्याउने नाटक रचिरहेको उनको जिकीर थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको