फलदायी भएन राष्ट्रपति–प्रधानमन्त्री भेट

१३ असार २०६९, बुधबार १७:३२ मा प्रकाशित

काठमाडौं, १३ असार । आफ्नो विदेश भ्रमणसम्बन्धी जानकारी दिनका लागि आज बिहान राष्ट्रपतिनिवास पुग्नुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रपति डा. रामवरण यादवबीच राष्ट्रिय सहमति कसरी जुटाउने भन्ने विषयमा छलफल चले पनि फलदायी नभएको शतिलनिवास सुत्रले जनाएको छ । ब्राजिल भ्रमण निकै फलदायी भएको भन्दै प्रधानमन्त्रीले कुराकानी अगाडि बढाएका तर राष्ट्रपतिले उक्त विषयलाई सामानय औपचारिकताका रुपमा मात्र लिंदै छलफललाई वर्तमान राजनीतिक प्रसंगतर्फ मोड्नुभएको थियो । प्रधानमन्त्री भट्टराईलाई चांडोभन्दा चांडो पदबाट बिदा गराउनु पर्ने दबावमा रहनुभएका राष्ट्रपतिले सहमतिका लागि के गर्दैहुनुहुन्छ भन्ने सवाल गर्दा दलहरु आफूसंग वार्ता गर्नै नआएको गुनासो भट्टराईले गर्नुभएको थियो । प्रधानमन्त्रीबाट ठोस जवाफ नआएपछि गम्भीर मूडमा देखिनुभएका राष्ट्रपतिका अघिल्तिर डा. भट्टराई पनि मलिन रहनुभएको सुत्रको कथन छ । राजनीतिक दलहरुको जतिसुकै दबाव रहेको भए पनि आगामी साउनको पहिलो सातासम्म प्रधानमन्त्रीलाई यत्तिकै रहन दिने र त्यसपछि कुनै शर्त राखेर राष्ट्रपतिले राजीनामाको लागि दबाव दिनसक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्