विष्फोटको योजनामा रहेको देबराज प्रहरी नियन्त्रणमा

१३ असार २०६९, बुधबार १७:१५ मा प्रकाशित


काठमाडौं, १३ असार । गत फागुन १५ गते नेपाल आयल निगमको कार्यालयअगाडि बबरमहलमा तीनजना मारिनेगरी बम विष्फोट गराएर बेपत्ता भएको देबराज लामा भनेर चिनिने राजकुमार तामाङ मंगलबार राती पांचथरमा पक्राउ परेका छन् । पटक–पटक यस प्रकृतिका अपराधमा संलग्न हुंदैआएका तामाङका बारेमा यतिका समयसम्म कुनै जानकारी जुटाउन नसक्दा नेपाल प्रहरी आलोचित हुंदै आएको थियो । तामाङलाई आज बिहान क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरमा सार्वजनिक गरिएको हो । काठमाडौंमा घटना घटाएर पांचथर पुगेपछि नेशनल उपनाम राखेका तामाङ अन्य स्थानमा त्यस्तै प्रकारको घटना घटोने तयारीमा रहेको दाबी गर्दै प्रहरीले माओवादीका कतिपय असन्तुष्ट कार्यकर्ताहरुलाई समूहमा लिएर इलाम, पांचथर र झापामा बम विष्फोट गराउने योजना बनाउंदै गरेको जानकारी दिएको छ । सोही घटनामा संलग्न रहेको आशंकामा प्रहरीले नुवाकोट ओखरपौवाका मीनबहादुर तामाङ, रामेछापका निमा दोर्जे तामाङ, हेटौंडाका बुद्धि गोले, हादिङ छत्रेदेउरालीका सेन तामाङ, सागर लामा र धादिङ तसर्पुका सागर लामालाई यसअघि नै नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री