अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ – सुशील कोइराला, नेका सभापति

१३ असार २०६९, बुधबार ०७:५८ मा प्रकाशित


प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचितबाहेक अरू कसैलाई पद नछाड्ने भन्नुभएको छ, अब कसरी नयां सरकार बन्ला ?
कसले कहां के बोले म जान्दिन“ । त्यस्ता भनाइस“ग मेरो कुनै चासो पनि छैन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा मुलुकलाई निकास दिन अहिलेको अनिवार्य सर्त हो । उहांले तत्काल पद छाडेर सहमतिको सरकार निर्माणको वातावरण निर्माण गर्नुपर्छ । असंवैधानिक रूपमा उहांजस्तो व्यक्तिलाई पदमा टांसिरहेर बस्न सुहाउंदैन ।
प्रधानमन्त्रीले छोड्दिन नै भन्नुभएको छ, कसरी हटाउनुहुन्छ ?
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पद आफैले छोड्दा राम्रो हुन्छ , उहांले छोड्नैपर्छ । यसको विकल्प अहिले सोच्नु हुन्न , अन्यथा मुलुकका लागि दुर्भाग्यपूर्ण हुन्छ । अहिले अरु कुरा म जान्दिनंं, मुलुकलाई निकास दिन उहांले सघाउनु पर्छ ।
प्रधानमन्त्रीले आफैं नछोडे के गर्नुहुन्छ ?
यस्तो ‘प्रोभोक’ गर्ने प्रश्न नगर्नुस् । म, काङ्ग्रेस र अरू दलहरू चाहन्छन् कि प्रधानमन्त्रीले तत्काल पद त्याग गरेर सहमतिको वातावरण निर्माण गर्नुपर्छ । प्रधानमन्त्री भट्टराईलाई स्वयम् राष्ट्रपतिले नै कामचलाउ भनिसक्नुभएको छ । कामचलाउ सरकारलाई धेरै दिन मुलुकमा राख्नु दुर्भाग्यपूर्ण हुन्छ । नेपाली काङ्ग्रेसको बटमलाइन पनि यही हो । योभन्दा अरू विषयमा सहमति बन्ने सम्भावना पनि अहिले मुलुकमा छैन ।
प्रधानमन्त्रीको एयरपोर्ट–अभिव्यक्तिलाई तपाईंले कसरी लिनुभएको छ ?
म कसले के बोले भन्ने कुराको पछि लाग्दिनं । संस्थागत निर्णयमा हिंड्ने मान्छे, संस्थागत कुरालाई मात्रै महŒव दिन्छु । यो कुरा संस्थागत रूपमा आए त्यसबेला भनौंला । दलहरूबीच पहिला नै पांचबुंदे सहमति भइसकेको अवस्थामा प्रधानमन्त्रीले संविधानसभाको अवसान गराएर मुलुकलाई अन्योलमा फसाउनुभयो, अब उहांले राजीनामा दिनुको विकल्प छैन । बोलेर केही हुंदैन ।
सबैको दृष्टि राष्ट्रपतितिर देखिन्छ, उहांले निकासका लागि के गर्नुपर्ला ?
राष्ट्रपतिले के गर्नुहुन्छ भनेर उहांको कुरा मैले गर्ने होइन । उहां संविधानको संरक्षक हुुनुहुन्छ । मुलुकलाई निकास दिन के गर्नुपर्छ, त्यो उहांले नै गर्ने हो र गर्नु पनि होला । उहांले पनि छलफल गरिरहनुभएको छ । छलफल गरेर कुनै निकास खोज्नुहोला नै । म उहांको कुरा गरेर विवादमा तान्न चाहन्न ।
सहमतिको सरकार कसको नेतृत्वमा बनाउने नि ?
सबै राजनीतिक शक्तिहरू मिलेर अघि बढ्नुपर्छ । पांचबुंदे सहमतिअनुसार नै काङ्ग्रेसले आगामी सरकारको नेतृत्व गर्नुपर्छ । काङ्ग्रेसकै नेतृत्वमै सरकार बन्नुपर्छ । काङ्ग्रेसको नेतृत्वले नै अहिले मुलुकलाई निकास र मेलमिलापको राजनीति अगाडि बढाउन सक्छ ।
त्यसो भए काङ्ग्रेसबाट प्रधानमन्त्री को त अब ?
को प्रधानमन्त्री हुने भन्ने कुरा बाहिर गर्ने कुरा होइन । काङ्ग्रेसले सहमतिबाटै प्रधानमन्त्रीको चयन गर्छ ।
तपार्इं, शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये को हुन्छ भनिदिनुहोस् न ?
सहमतिमा जो पनि हुनसक्छ । यो कुराको निर्णय केन्द्रीय कार्यसमितिले सहमतिमा गर्नेछ । अहिले संसदीय दल नरहेको बेला केन्द्रीय समिति नै भावी प्रधानमन्त्री चुन्ने एकमात्र निकाय हो । साथीहरूसंग छलफल हुन्छ र सहमति, लोकतान्त्रिक विधिबाट काङ्ग्रेसले प्रधानमन्त्रीको साझा उम्मेदवार तय गर्छ ।
तपाईं नबन्ने ?
मेरा लागि पद भन्ने कुरा गौण हो । अरूले पदको लोभ गर्लान्, म पदको लोभ राख्दिनं । मैले कहिले पनि पदका लागि महŒव दिएको छैन । मेरा लागि लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र मानवअधिकार नै सबैभन्दा महŒवपूर्ण कुरा हो ।
तपाईंको नाम अगाडि सारियो भने नि ?
त्यो कुरा त्यहीबेला सोचौंला । मैले अहिलेसम्म प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेको छैन ।
प्रचण्ड र तपाईंबीच त सहमति भएको थियो रे नि ?
क–कसले बाहिर के भनेका छन् त्यसको कुनै अर्थ रहंदैन । संस्थागत निर्णय गरेपछि यो कुरा गरौंला ।
अब काङ्ग्रेस एक भएकै हो त ?
हो, काङ्ग्रेस एक भएकै हो । पार्टीभित्र सामान्य मतभेद हुनु स्वाभाविक हो । यसलाई लिएर पार्टी एक थिएन भन्नु उपयुक्त हुंदैन । काङ्ग्रेस लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शबाट चल्ने पार्टी हो । विवादहरू आउंछन् । र, प्रक्रियाबाट समाधानमा पनि पुग्छन् । अब काङ्ग्रेस सङ्गठित भएर जनताको माझमा जान्छ । लोकतन्त्र र जनताको अधिकारको पक्षमा जागरण गराउ“छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको