प्रधानमन्त्रीलाई हटाउने ओलीको चेतावनी

१२ असार २०६९, मंगलवार १७:५७ मा प्रकाशित

काठमाडौ, १२ असार । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले कामचलाउ बनिसकेका प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजिनामा माग्नु मुर्खता भएको भन्दैउनलाई हटाउनु पर्ने बताएका छन् ।
अजरबैजानमा आयोजित सम्मेलनमा भाग लिएर आज स्वेदश फर्किएका ओलीले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने– प्रधानमन्त्रीको राजिनामा मागिदैन । उहाँलाई हटाईन्छ । हट्न नमाने निकालिन्छ ।
उनले राष्ट्रपतिले कामचलाउ सरकारलाई धेरै दिन राख्न नहुने भन्दै तत्काल राष्ट्रपतिले अन्तरिम संविधानको धार ४३ बमोजिम सहमतिको सरकार गठनकोलागी आब्हान गर्नु पर्ने धारणा राखे ।
प्रधानमन्त्री केही गर्न नसकेर बर्बराएर जे पायो त्यही बोल्न थालेको भन्दै उनले बाबुराममा जंगबहादुरको भुत पसेको टिप्पणी गरे ।
भट्टराईको नेतृत्वमा अब सहमतिको सरकार बन्ने कल्पना समेत गर्न नसकिने भन्दै उनले आफै चढेको भर्याङगलाई फालेको भनि ब्यङग्य गरे । दलहरुले छिट्टै सहमतिमा प्रधानमन्त्रीको उमेदवार प्रस्तुत गर्ने भन्दै आफू हट्दा माघ १९ दोहोरिन्छ भन्नु प्रधानमन्त्रीको बाल हट र मुर्खता भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा