बेलायती विकास सम्बन्धी राज्यमन्त्री काठमाडौमा

१२ असार २०६९, मंगलवार १७:५६ मा प्रकाशित

काठमाडौ, १२ असार । संयूक्त अधिराज्य बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डङकन तीन दिने भ्रमणको क्रममा आज काठमाडौ आईपुगेका छन् ।

बितेका  दुई वर्षमा राज्यमन्त्री डङकनको यो तेस्रो भ्रमण हो । उनलार्ई नेपालका लागि  बेलायती राजदूत जोन टकनट, यहाँस्थित बेलायती दूतावास र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।
नेपाल बसाईको क्रममा उनले राष्ट्रपति डा रामबरण यादव, प्रधानमन्त्री डा बाबुराम भट्टराई सहित प्रमुख दलका शिर्ष नेताहरुसँग भेटवार्ता गर्ने र बेलायती सहयोगमा निर्माण भएका आयोजनको अवलोकन भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  सन्चारकमीहरुसँग कुरा गर्दै  उनले नेपालको गरिबी न्यूनीकरणमा आफ्नो मुलुकले गरेको सहयोगको समीक्षाका साथै भावी रणनीति तय गर्न  भ्रमण फलदायी हुने बताए ।

नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै भेटेर राजनीतिक सहमतिमा पुग्न उनीहरूलाई अनुरोध गर्ने उल्लेख गर्दै उनले  विकास परियोजनामा सघाइरहेका बेलायती सङ्घसंस्थाका प्रतिनिधिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताए ।

बेलायतले जलवायु परिवर्तन, मानवअधिकार, विकास, रक्षा, द्वन्द्वपीडितलाई सहयोग, अभिव्यक्तिको स्वतन्त्रता, कानुनी सुधार, समावेशी संविधानका निम्ति सहयोगका साथै स्वास्थ्य, शिक्षा, दण्डहीनताको अन्त्यलगायत क्षेत्रमा आर्थिक एवम प्राविधिक सहायता उपल्ब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको