प्रधानमन्त्रीको भनाईप्रति एमाले अध्यक्ष खनालको कडा आपत्ति

१२ असार २०६९, मंगलवार १३:२४ मा प्रकाशित

काठमाडौ, १२ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीको बाबुराम भट्टराईको निर्वाचन भएर अर्को संसद नआउदासम्म आफ्नो राजिनामा नआउने धारणाप्रति कडा आपत्ति जनाएका छन् ।
काग्रेस उपसभापति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था वारे जानकारी लिएर शिक्षण अस्पताल महाराजगञ्जवाट बाहिरिने क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै खनालले प्रधानमन्त्रीको अभिब्यक्तिप्रति आपत्ति जनाएका हुन । उनले बाहिरी शक्तिको प्रभावका कारण प्रधानमन्त्री भट्टराईले सत्तालिप्सा देखिएको दावि समेत गरे ।

प्रधानमन्त्रीले सत्ता टिकाइराख्छु भनेर वालहट देखाएको भन्दै खनालले त्यस्तो हट छाडेर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गरे ।

राजिनामा माग गर्ने विपक्षिको कदमलाई प्रधानमन्त्रीले बालहटको संज्ञा दिएकोमा खनालले त्यसको जवाफमा प्रधानमन्त्रीको कदमलाई नै वालहट भनेका हुन । मुलुकले राष्ट्रिय सहमति खोजिरहेको समयमा प्रधानमन्त्रीले सत्तालिप्सा देखाएको पनि खनालले आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा