नक्कली स्टिकरको विगविगी, नक्कली स्टिकर समातेर घुष लिएर अपराधी छाडियो

१२ असार २०६९, मंगलवार १२:४४ मा प्रकाशित

काठमाडौं,१२ असार । वैदेशिक रोजगार विभागमा फेरि नक्कली स्टिकरको विगविगी बढेको छ । गत साता विभागका निर्देशक सूर्य प्रसाद भण्डारीले त्रिभुवन विमानस्थलबाट आधादर्जन नक्कली स्टिकर लगाएका आधादर्जन पासपोर्टसहित सम्वन्धित व्यक्तिलाई समाते पनि ठूलो रकम घुष लिएर उनीहरुलाई छाडिएको श्रोतले दावी गरेको छ ।
विभागले गत महिनामात्र उसको एकल निर्णयले पुरानो स्टिकरको ठाउँमा नयाँ स्टिकरबाट श्रमस्वीकृति दिन शुरु गरिएको थियो । भ्रष्टाचार गर्ने नियतले नै सार्वजनिक रुपमा सूचना÷वोलपत्र आव्हन नगरी सर्वसाधारण नागरिकमाथि खेलवाड गरिएको थियो ।
वैदेशिक रोजगारको क्षेत्रमा श्रमस्वीकृति प्रदान गर्ने र नियमन गर्ने एकमात्र निकाय वैदेशिक रोजगार विभागको लापर्वाहीकै कारण सयौं नेपाली विदेशी जेलमा सडेर बसेका छन । हजारौंको संख्यामा महिलाहरु अनैतिक काम गर्न वाध्य भएका छन भने सयौंको ज्यानै गएको छ ।
भ्रष्टाचार गर्ने नियतले नै सजिलै बनाउन सक्ने साधारण खालको स्टिकर विभागले बाहिर ल्याएको हो । प्रविधिको आधुनिक युगमा गलत काम हुनेगरेको विभागको पुरानो अनुभव हुँदाहुँदै सर्वसाधारण नागरिकको भविष्य र ज्यानमाथि खेलवाड गर्ने काम गर्नु आँपैmमा पनि लज्जास्पद कुरा हो । यस भन्दा पहिला पनि नक्कली स्टिकरको प्रयोग गरिएको र विभागले नै त्यस्ताखाले नक्कली स्टिकरहरु बरामद गरेको थियो ।
विभाग सर्वसाधारण नागरिकप्रति जवाफदेही हुने हो भने अन्तराष्ट्रिय मल्टिनेश्लन कम्पनीहरुविच प्रतिष्पर्धा गराएर स्टिकर छाप्न र गोप्यता राख्न सक्छ । पहिला दैनिक बीसौंलाख अहिले दसौंलाख घुषवापतको रकम उठ्ने ठाउँमा दैनिक दुईहजारको हाराहारीमा नेपाली वैदेशिक रोजगारीकोलागि जाने गरेका छन् भने मासिक अवौंको राजस्वमात्र उठ्ने गरेको छ । यो राजस्व वापतको रकम कल्याणकारी कोषमा जम्मा हुने गर्दछ ।
श्रोतका अनुसार वैदेशिक रोजगार विभागमा हुने गरेका अनियमितताका समाचार नियन्त्रण गर्न जिम्मेवार पदाधिकारीको निर्देशनमा लाखौं रकम अनियमित तरिकाले भुक्तान गरिएको थाहा हुन आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका