भारतसँग पराजित भएपछि नेपाल एसीसी यू १९प्रतियोगिताको समूह चरणबाटै बाहिर

१२ असार २०६९, मंगलवार ११:४९ मा प्रकाशित

काठमाडौ, १२ असार ।  मलेसियामा जारी एसीसी यू १९ क्रिकेट कपबाट नेपाल बाहिरिएको छ । आज भएको अन्तिम लिग खेलमा दह्रो प्रतिद्धन्द्धी भारतसँग ८१  रनको भारी रनले पराजित भएपछि सेमिफाईनलमा पुग्ने नेपालको प्रयास निरर्थक हुन पुग्यो । पहिलो ब्याटिङ गरेको भारतले नेपालका सामू १ सय ७७ रनको चुनौति प्रस्तुत गरेपनि पानी परेर खेल सुरु हुन ढिलाई भएपछि त्यसलाई घटाएर ४७ ओवरमा १७३ रनको नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।  डकवर्थ लुईस मेथडबाट रन र ओवर घटाईएको थियो ।
टस जितेर ब्याटिङ् रोजेको भारतले ४५ दशमलब २ ओभरमा अल आउट हुँदै १ सय ७६ रन बनाएको थियो ।
नेपालकालागी भुवन कार्की र राहुल विश्वकर्माले ३–३ विकेट, सगार पुनले २, अविनास कर्ण र पृथु बाँसकोटाले एक–एक विकेट हात पारेका थिए ।
प्रतिउत्तरमा जितको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाली टोलीले मात्र २७.३ ओवरमा आफ्नो सबै विकेट गुमाएर ९१ रन बनाई धरासायी बन्यो । नेपाली ब्याटिङ लाईन अपको कमजोरी भारतसँगको खेलमा फेरि दोहोरियो । नेपाली ब्याटिङ लाईन अप कसिलो भारतीय बलिङको अगाडि निरिह सावित बन्यो र एक पछि अर्को गर्दै सबै ब्याटसम्यान पबेलियन फर्किन बाध्य भए ।
आजको खेल दुबै टिमलाई जित्नै पर्ने बाध्यता रहेको थियो । नेपाल र भारतले मलेसियालाई मात्रै पराजित गरेका छन् भने पाकिस्तानसँग दुबै टिम पराजित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी