नेविसंघले देशभरीका क्याम्पस अगाडीका सडकमा चक्का जाम

१२ असार २०६९, मंगलवार ०९:३२ मा प्रकाशित

काठमाडौ, १२ असार ।  नेपाली काङ्ग्रेसको भ्रातृसस्था नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गर्दै देशभरीका क्याम्पस अगाडी चक्का जाम गरेको छ ।  बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा देशभरीका क्याम्पस अगाडीका सडकमा चक्का जाम गगरेको नेवि संघले जनाएको छ । नेविसंघका प्रचार संयोजक यूपी लामिछानेले हिजो प्रधानमन्त्री फर्किने क्रममा विमानस्थल अगाडी प्रहरीबाट भएको दमनको विरोध, र प्रधानमन्त्रीको राजीनामा माग गर्दै चक्काजाम गरिएको बताए ।  सरकारले बढाएको पेट्रोलियम पदार्थको मुल्यका विरुद्ध र देशभरका किसानहरुले रासायनिक मल नपाएको विरोधमा पनि प्रदर्शन गरिएको लामिछाने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई