डोटिमा भएको माईक्रो बस दुर्घटनामा ११ जनाको ज्यान गयो

१२ असार २०६९, मंगलवार ०९:३० मा प्रकाशित


काठमाडौ, १२ असार । डडेलधुराबाट महेन्द्रनगरतर्फ करिब १८ जना यात्रु बाकेर जाँदै गरेको एक यात्रुबाहक माईक्रोबस डोटिको रुवसकाडामा दुर्घटना ग्रस्त हुँदा कम्तीमा ११ जनाको मृत्यू भएको छ ।
माईक्रोबस सडकको मोडमा अनियन्त्रित भएर अग्लो ठाँउबाट करिब दुई सय मिटर तल खस्दा दुर्घटनाग्रस्त भएको हो । सवार मध्ये ५जनाको स्थानीय पद्मा अस्पतालमा उपचार भईरहेको छ, माईक्रो बसका चालक र सहचालक भने अहिलेसम्म बेपत्ता छन् ।
से १ ख ५०२ नम्बरको माईक्रोबसमा सवार नौ पुरुष र दुई महिलाको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । १० जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा थप मृत्यू भएको थियो ।
मृतक मध्ये भारतीय नागरिक फिदा हुसैन, जोगवुढा डडेल्धुराका कैलाशदक्त जोशी, पीपलाडी कञ्चनपुरका जगन्नाथ बोहरा, घण्टेश्वर डोटीका चन्द्र बहादुर बिक, सिलंगा बैतडीका मदनराज पन्त, भागेश्वर डडेल्धुराकी जानकी देवी जोशी र रुपाल गाबिस रुइनपाटाकी चन्द्रा देवी पाण्डेयको सनाखत भएको छ ।  गम्भिर घाइते भएकाहरुमा बैतडीका धर्मराज पन्त, चिपुर डडेल्धुराका दीदीबहीनी कवीता महत्ता र रोजीना महत्ता रहेका छन ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका