अब प्रचण्डले नै बाबुराम हटाउने

१२ असार २०६९, मंगलवार ०७:५० मा प्रकाशित


काठमाडौं, १२ असार । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सहमतिका आधारमा राजीनामा गराएर नयां राष्ट्रिय सहमतिको सरकार गठन गर्ने योजनामा रहेका राजनीतिक दलका नेताहरु प्रधानमन्त्री भट्टराईको पछिल्लो अभिव्यक्तिपछि नराम्रोसंग झस्किन पुगेका छन् । ‘निर्वाचन गराएर त्यसपछि बनेको संसदले निर्माण गर्ने वैधानिक सरकारलाई मात्र आफूले सत्ता सुम्पने तर कसैले बालहट प्रदर्शन गरी कुर्सी छोड भन्दैमा आफूले राजिनामा दिन नमिल्ने’ डा. भट्टराईको अडानका पछाडि गम्भीर रहश्य लुकेको नेताहरुले अनुमान लगाएका छन् ।
ब्राजिल जानुअघिसम्म दलहरुले प्रधानमन्त्रीको साझा उम्मेद्वार तोकेर अगाडि आएमा आफूले मिनेटभरमा पद छोड्ने अभिव्यक्ति पटक–पटक दिएका र फर्केर आएपछि राजीनामा दिने मनस्थिति आफ्ना सहयोगीहरुसमक्ष प्रकट गरेको भनिएका भट्टराईको बोली ब्राजिलबाट फर्कंदा अस्वाभाविक किसिमले प्रकट हुनुमा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसंग ब्राजिलमा भएको भेट र उनीबाट प्राप्त दह्रो आश्वासन नै भएको अनुमान गरिएको छ । भारतकै आडमा आफ्नो पदीय आयु लम्बिनेमा प्रधानमन्त्री भट्टराई विस्वस्त रहेको उनका निकटवर्तीहरुबाट यसअघि प्रत्यक्ष–परोक्ष रुपमा प्रकट गरिंदैआएको थियो ।
यसरी बाबुराम भट्टराईले पद नछोड्ने अडान दर्शाएपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसमेत झस्किन पुगेका छन् । भारतीय शासकलाई रिझाएर २–४ महिनामा सत्ताको लगाम आफ्नो हातमा लिने भित्री योजनामा रहेका प्रचण्ड आफ्नो उक्त मकसदमा धक्का पुग्ने देखेर गम्भीर बनेको प्रमाण हिजो सोमबार सिंहदरबारमै देखिएको टिप्पणी एक एमाले नेताले जनाए । डा. भट्टराईले त्रिभुवन बिमानस्थलमा ‘कसैको दबावमा पद नछोड्ने’ अभिव्यक्ति दिएलगत्तै एमालेका वरिष्ठ नेता माधावकुमार नेपाल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङसंग सिंहदरबारमा गोप्य भेट र छलफल गर्दै प्रचण्डले बाबुरामले खुरुक्क कुर्सी नछोडे पार्टीले जबर्जस्ती राजीनामा गराउने आश्वासन दिएको दाबी गर्दै ती नेताले भने– ‘प्रचण्डको आश्वासनलाई एमाले नेताहरुले पूरै विश्वास गरेका छन्, अब प्रचण्डले नै बाबुरामलाई गलहत्याउने छन् ।’ प्रचण्डले विपक्षी नेताहरुलाई मख्ख पारेर अल्मल्याउने चाल मात्र चालेका हुन् या सांच्चै प्रधानमन्त्रीलाई राजीनामा गराउने हुन्, यो थाहा पाउन अब थोरै दिन मात्र प्रतीक्षा गरे पुग्छ । तर, विगतमा प्रचण्डले निर्वाह गर्दै आएको भूमिकाप्रति ध्यान पु¥याउने हो भनेचाहिं आफै प्रधानमन्त्री बन्ने वातावरण सिर्जना गर्न नसकेसम्म प्रचण्डले बाबुरामलाई पदबाट मुक्त तुल्याउलान् भनी विश्वास गर्नु निरर्थक हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो