“मुनालाई मनपत्र” -जगत नवोदित

११ असार २०६९, सोमबार २२:४५ मा प्रकाशित

झुपडिको पिरो धुवासङै आँखामा
आशाको दियो बलेको होला
तोरिबारी भएर सपना
बाटोभरी फुलेको होला
साउने भेल झै उर्लेको बैस
छड्के तिलहरिले बाधेकी हौली
सबै सबै रहरहरु
सिन्दुरको बट्टाभित्र राखेकी हौली–
कती कठोर यो समय
तिम्रो सम्झना बोकेर मरुभुमिमा
बाझो तिर्खा बाचिरहेछु म

बुद्ध हाम्रो रहर
युद्द हाम्रो जिन्दगी
अरुलाई दु:खको ओखती खोज्दै हिंडेको
आँफै दु:खकै रोगी बनेकोछु
सपनामा लडिझर्छु भिरबाट
एठन पर्दै ब्युझन्छु
बिपनामा आङ्भरी
च्यातिएको स्वाभिमान-काडासरी बिज्छ

खेलौना देख्यो छोराछोरी सम्झन्छु
साँझ पर्यो डाँडामाथिको आमाबाबु सम्झन्छु
बाडुली लाग्यो गाउँघर सम्झन्छु
यो परदेशमा
आफुलाई धिकार्दै आसुँसरी हुन्छु

सुन टिप्छु भनेर हिंडेको
हाम्रै माटोमा फुल्दोरहेछ सुन
जुन छुन्छु भनेर हिंडेको
हाम्रै आकाशमाथी रहेछ जुन

चाउरिएको आमाको अनुहारमा
बिरहको आशु पुछ्न
मुना!
तिम्रो मदन फर्कदैछु घर ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा