प्रचण्ड र गच्छदार नै निर्वाचन हुने नहुनेमा अन्यौल

११ असार २०६९, सोमबार २१:३२ मा प्रकाशित

काठमाडौ, ११ असार । सरकारले आगामि मंसिर ७ गते घोषणा गरेको संविधानसभाको निर्वाचन हुने वा नहुनेमा प्रमुख सत्तारुढ दलनै अन्यौलमा देखिएका छन् ।
दलहरुवीच सहमति बन्न नसक्दा निर्वाचन हुने नहुनेमा आशंका सर्वत्र भईरहँदा आज सो विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा वर्तमान सरकारले तोकेको संविधानसभाको नयाँ निर्वाचनको मितिभित्रै निर्वाचन सम्पन्न गर्ने वा अन्य दलहरूको सहमतिमा नयाँ निर्वाचनको मिति घोषणा गर्ने भन्ने विषयमा कुराकानी भएको थियो ।
दाहाल निवास लाजिम्पाटमा आज भएको भेटवार्तामा उनीहरूबीच राष्ट्रिय सहमतिका आधारमा मुलुकको समस्या समाधान गर्नुपर्ने र मुलुकको वर्तमान राजनीतिक सङ्कटको अन्त्य गर्नुपर्नेमा छलफल भएको थियो ।
भेटपछि उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका  गच्छदारले राष्ट्रिय सहमतिका लागि राजनीतिक दलहरूबीचमा सहमतिको प्रयास आवश्यक भएको र मुलुकका सबै समस्या सहमतिकै आधारमा टुङ्ग्याउनुपर्छ भन्ने बारेमा कुराकानी भएको जानकारी दिए ।
गच्छदारले मुलुकमा रहेको वर्तमान राजनीतिक र संवैधानिक सङ्कटको अन्त्यका लागि सहमतिको विकल्प नभएकाले अन्य राजनीतिक दलहरूबीचमा छलफल गरी सहमति खोज्ने र सहमतिकै आधारमा सबै समस्या समाधान गर्ने विषयमा छलफल केन्द्रीत भएको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६  वर्ष पूरा भएको छ । संविधान

काठमाडौं । यदि संसद् सचिवालयमा कार्यरत एक महिलासँग अन्तरंग सम्बन्ध जोडिएको घटना सार्वजनिक नभएको कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा ठूलै

काठमाडौं ।सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्री नियुक्त गर्नुअघि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्नुपर्ने सहमति भएको छ ।