को हो आर्यनसँग वाइन पिउने ठिटी ?

११ असार २०६९, सोमबार २१:१२ मा प्रकाशित

काठमाडौं । भनिन्छ, फिल्मी क्षेत्र हल्लैहल्लाको क्षेत्र हो । अझ नायक नायिका बीचको सम्बन्धले त यो क्षेत्रलाई झनै तताउने गर्छ । कहिले यस्ता हल्ला हल्लामै सीमित रहन्छन् त कहिले वास्तविकतामा पुगेर टुंगिन्छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको नायक आर्यन सिग्देल र अश्रा शाही नाम गरेकी केटीको फोटोले फिल्मी क्षेत्रलाई निकै तताएको छ । सिग्देल र शाहीले वाइनको गिलास समातेर पोजपोजका फोटा खिचाएका छन् । यी फोटो हेरेरे धेरैले शाहीलाई आर्यनको गर्लफ्रेन्ड भएको अनुमान लगाएका थिए । आर्यनले समेत एउटा फोटोमो कमेन्ट गर्दै ‘अश्रा आफ्नी भान्जी हुन् वा गर्लफ्रेन्ड निर्णय गर्नोस्’ भनेर लेखेका छन् ।

तर निकै मस्ती मुडमा खिचिएका यी फोटा आफ्नो भान्जीको भएको आर्यनले फिल्म नेपाललाई बताए । आफूले उनलाई १० वर्षदेखि भान्जी मानेको समेत उनको जिकिर थियो । ‘१० वर्षदेखि उसको ममीको हातबाट मैले तिहारमा टिका लगाउँदै आएको छु,’ उनको प्रस्टीकरण थियो, ‘बेकारमा गर्लफ्रेन्ड भनेर प्रचार गरिदिए ।’

शाही स्कुटी दुर्घटनामा परेर हात भाँचिएको समेत उनले बताए । साथै यी फोटो भान्जी, भान्जाहरुसँग दिदीकै घरमा खिचेको समेत आर्यनले बताए । तर फोटोको कमेन्टमा अश्रालाई आइ लभ यु भनेर सम्बोधन गरेको र गर्लफ्रेन्ड हो वा ब्वाइफ्रेन्ड भनेर अनुमान लगाउन भनेकोबारेमा उनले भने, ‘आफन्तलाई आइ लभ यु भनिंन्दैन र ?’ Source : www.filmnepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु