आमा बनिन् नायिका ऋचा घिमिरे

११ असार २०६९, सोमबार २१:०५ मा प्रकाशित

काठमाडौं । गर्भवती हुँदा समेत ग्ल्यामरस फोटो खिचाउने नायिका ऋचा घिमिरे छोरोकी आमा भएकी छिन् । उनले आइतबार विहान साढे ११ बजे ओम अस्पतालमा छोरो पाएकी हुन् । ऋचालाई एक्कासी उच्च रक्तचाप भएपछि अस्पताल भर्ना गरिएको थियो । शल्यत्रिया गरेर बच्चा निकालिएको हो ।

तीन वर्षअघि सिनेमा निर्देशक शंकर घिमिरेसँग विवाह भएको थियो, ऋचाको । शंकरले विवाहपछिको सबैभन्दा ठूलो खुशीको क्षण भन्दै फेसबुकमा छोरो बाकेर ऋचासँगको फोटो अपलोड गरेका छन् ।

शल्यक्रिया भएपनि बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । बच्चाको तौल तीन किलो सात ग्राम रहेको छ । नेपाली रजतपटमा अब अर्की नायिका सचिञ्ता लुइटेलको पालो छ, सुत्केरी बन्ने । सञ्चिताले गएको वर्षसमेत बच्चा पाएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पुरानो क्लासिक शैलीको झझल्को दिने किसिमले केहि नयाँ प्रयोग सहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको

काठमाडौं । रंग पत्रकारिता सक्रिय युवा पत्रकार सूर्य चन्दलाई ‘संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । ‘चौथो राष्ट्रिय समावेशी म्युजिक

काठमाडौँ । निर्देशक दिपक श्रेष्ठको कमब्याक चलचित्र ‘घिन्ताङ’ मा अभिनेत्रीको रुपमा केकी अधिकारी अनुवन्ध भएकी छन् । २ नायिकाले चलचित्र