“उज्यालो यात्रा” -मणि लोहनी

११ असार २०६९, सोमबार २०:४९ मा प्रकाशित

र म उज्यालोको यात्रामा निक्लिएँ

एउटा नाङगो पानामा
देश बोकेर हिँडिरहेकी त्यो किशोरी
सडकमा तैनाथ विद्यार्थीहरू
तिनीहरूको मुठ्ठीमा कसिएको ढुङगा
र उनीहरूको पर्सको कुनै कुनामा च्यापिएर बसेको
प्रेमिकाको रङ्गीन तस्बिर – सर्वत्र छ उज्यालो ।

मलाई पुग्दैन यी टुक्रा टुक्रा उज्यालोले
मलाई सिङगो उज्यालो चाहिएको छ
मलाई चाहिएको छ ,
तिम्रो ओठमा टाँगिएको
एक घर्सो मुस्कानजस्तो उज्यालो
तिम्रो आँखामा चम्किएको
एक हरफ जिन्दगीजस्तो उज्यालो

क्यानभासमा खस्दै गएको रङ्ग
र तिम्रो चलायमान औँलामा छ उज्यालो
त्यो युवतीले गाइरहेको प्रेमगीत
र देशको सुरक्षार्थ सीमामा खटिएको
त्यो नौजवानको छातीमा छ उज्यालो
मलाई पुग्दैन
हरेक दिन उदाउँदै अस्ताउने यी उज्यालोहरूले
मलाई सिङगो उज्यालो चाहिएको छ ।

तिमीकहाँ त कहिल्यै निभ्दैन घाम
मन्दिरको दियोजस्तो
सधैँ उदाइरहने सूर्य छ तिमीसँग
र हामीकहाँ,
दर्शनढुङगा ठोकेजस्तो
कहिलेकाहीँ मात्र झुल्कन्छ उज्यालो ।

र म उज्यालोको यात्रामा निक्लिएँ
मेरो साथमा छन् – असख्य अँध्यारा अनुहारहरू ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार