“अन्तिम् भेट” -जगतराम बर्देवा “घायल”

११ असार २०६९, सोमबार २०:२७ मा प्रकाशित

२०६१ साल असार महिनाको ४ गते दिन् थियो । नेपाली समय अनुसार घडीको सुइ सूस्त सूस्त गतिमा सर्दै थियो मानौ ११ वज्ने तर्खरमा .. काठमाण्डौ वाट झापाको गौरीगंज सम्म जानको लागि यात्रु लिएर आएको तिलंगा यातायात सेवाको ना। २ख ७६८१ नक्वरको वस् हेटौडा वजारको शिववुवा आयलस्टनस्रमा आएर रोकीयो । मेरो डियूटी हेटौडा बाट गौरीगंज सम्मको भएकोले । शिववुवा आयलस्टोर्शमा डियूटी बुझ्नको लागि केही तयार भएर वसिरहेको थिएँ । कति वेला साथी हेटौडा निवाशी बुद्धी लामाले वसलिएर आउँनु हुन्छ .. र म यहाँ वाट लिएर जाउला । जव साथी बुद्धीलामाले परैवाट हरन वजाउँदै वस लिएर आएर आयलस्टोर्शमा तेल भरेर सकिने साथ मलाई डियूटी बुझाए । मैले साथी वुद्धी लामालाई धन्यवाद दिएँ त्यो दिन अरुदिन्को अनुपातमा निक्कै चाडै हेटौडा आएर मलाई डियूटी बुझाएकोमा । वसमा हुनुभएको सम्पूण यात्रीवर्गहरुलाई स्रद्धा पूर्वक नमस्कार गरेर वावा विश्कर्मालाई मन देखीनै दर्शन गर्दै आफ्नो यात्रा अगाडी वढाएँ । हेटौटा वजार कट्नासाथै कर्राको पूल तरेर उकाली लाग्नु अघिनै दायाँ पट्टी रहेको सानो पशुपति मन्दीर तिर फर्केर हरन वजाउँदै भने हे परमेश्वर हामी सबैको यात्रा सफल रहोस ् । पशुतिनाथलाई विन्ती गरेर गन्तव्य पच्छा्याउँ थिएँ । भाइ कविन्द्रले मलाई असाध्यै मन पर्ने क्यासेट लगाइसकेछन् । भाई कविन्द्रलाई स्यावासी दिएँ मेरो मनको कुरा पहिलेनै बुझेकोमा । वस्को सीटमा आरामसाथ बस्नुभएको यात्रीहरु मलाई हेर्दै हुनुहुन्थ्यो सायद पहिले पहिलेपनि मैले चलाएको वस्मा यात्रा गर्नु भएर होला । हेटौडा वाट वाट यात्रा सुरुगरेको १० मिनेट पनि नहुदैं वारा र मकवान पूरको सिमानामा अवस्थीत चुरियामाइ भगवतिलाई दर्शन गरेर ओरालो लाग्दा साँच्चै आनन्द र स्फूर्ती वढेको अनुभुति भइरहेको थियो । वाराजिल्लाको अमलेखगंज कटे लगत्तै दायाँ वायाँ हरीयोवन विचमा सानदार सडक बसको गति संगै बहेको हावा शरीरको पसिना सुकाईदंदा भारी र गरुङोपन भागेर कता गयो कता… वारा जिल्लाको आदाभार चेकपोष्टमा पूगेर बस रोकी दिएँ त्यहाँ सुरक्षामा खटिनु भएको सुरक्षाकर्मिले चेक गर्नु भयो संकटकाल लगाएकोले हरेक चेकपोष्टमा यात्रीलाई ओरालेर चेक गराउँनु पर्ने नियम् भए पनि मैले चलाएको तिलंगा यायायात सेवाको वसमा यात्रा गर्नुहुने यात्रीलाई हरेक चेकपोष्टमा ओरालेर चेक गराउँनु पर्दैन्थ्यो यो कम्पनीको वस नेपाल आर्मीका भुत पूर्व जर्नेल र वहाल वाला मिलेर खोलेको कम्पनी भएकोले पनि हामीलाई त्यति धेरै कष्ट हुदैन्थ्यो यात्राभरी नै …सुरक्षाकर्मिनै बस भित्र आएर चेक जाँच गरेर पठाउने गर्दथे । चेकजाँच सक्ने साथ फेरी यात्रालाई निरन्तरता दिएँ । पथ्लैया हुंदै पूर्व निजगढ को सानो वजार छिचोलेर चन्द्रनिगाहपूर वजार पूगेर केही यात्रीलाई ओराली दिएँ । चन्द्रनिगाहपूर वजार वाट पूर्व वागमति नवलपूर लालवन्दी वर्दिवास ढल्केवर महेन्द्रनगर वन्दीपूर हुंदै ….
एक्कै गतिमा बेगीएको थिएँ समयमै यात्रा पूरा गरौंला थकाईमेटौंला फेरी राम्रो संग भूइँमा उज्यालो खस्न नपाउँदै भोलीको यात्रा गर्नको लागि तयारी पनि हुनु पर्ने भएर अलिक हतारमा दौडिएको थिएँ । मध्यानन्को २ वज्दै थियो सिराहा जिल्लाको मिर्चैया पुग्दा आफैलाई अलिक सदांको भन्दा ढिलाइको महशुस कता कता खड्की रहे पनि मिर्चैया देखी कहिले कसो पुर्व जाने यात्रीहरु भेटिनु हुन्थ्यो कटारी देखी काठमाण्डौजाने वास्मा मिर्चैया सम्म झरेर पूर्वको गाडी समाउँला भनेर आउनेहरु कोही त हुनुहोला भनेर यता यता नजर डुलाउँदै बस्को गति कन्ट्रोल गर्दै थिएँ यतिकैमा करीव २५ | २६ वर्षका हसिलो यूवकले यात्री प्रतिक्षालय वाटै हात दिए मैले उनैको नजिकै लगेर वस रोकी दिएँ । कुनै सिट खाली नभएपनि आखिर केटा मान्छे त मेरै छेउमा रहेको बनेड्मा वसेर पनि यात्रा गर्न सक्छन् । सिट नभएनी चल्छ भनेर सोचेको थिएँ तर कुरा अर्कै रहेछ । जव उन्ले मसंग कुरा गर्दै थिए । एकजाना रातो कर्था सुरुवाल अनि काँधमा सल वेरेकी महिला आएर मेरो बस् भित्र प्रवेशगरीन् । तिनी त ति यूवककी श्रीमति पो रहिछन् । गौरीगंजसम्मको बस भाडा १३० रुपीयाँ मलाई सदै भने | गुरुजी यिनलाई गौरीगंज बजा भन्दा ३कि मी यतै थापाचौक भन्ने ठाउँमा लगेर ओराली दिनु है मैले पनि उन्को अनुरोधलाई स्वीकाररेर शिर हल्लाएर त्यहाँ देखी पनि यात्रा निरन्तर अगाडी वढाएँ … नानी बनेडमा आएर वस_िन् । म भने आफ्नै पारामा दोहोरी गित संग रमाउँदै लाहान हुंदै सप्तरी जिल्लाको मौली वजारमा रहेको होटल मनकामनामा लगेर वसरोकी दिएँ । काठमाण्डौ देखी यात्रा गर्नु भएको समपूर्ण यात्रीलाई भोक लाग्यो होला ओर्लीनु होस् अनि नास्तापानी खानु होसु भनेर आग्रह गरें । अरु सबैजना बस्वाट ओर्लीएर नास्ता पानी खान होटल भित्र प्रवेश गर्नु भयो तर मिर्चैया वाट वस्मा चढेकी नानी वस्वाट ओर्लिन नचाहेर वस भित्रै बसीरहिन् । उन्को जीवन साथीले बस्मा चढाउँने वेलामा भन्नु भएको थियो शोभा छिट्टै आउ है धेरै दिन् नवस्नु फेरी मलाई नरामाइलो हुन्छ । त्यसैले मैले पनि बोलाए नानी शोभा हिड्नु न चिया पिउँन । मैले उन्को नामलिएर वोलाउँदा पनि उनि मानिन् । उनि नमाने पछि म नास्ता खान्छु है भनेर होटल भित्र प्रवेश गरे । खै किन हो मलाइ पनि केही खान इच्छानै लागेन । अन्त्यमा दूइवटा गिलासमा तातो तातो दुध लिएर बस भित्रै गएँ नानी शोभालाई एउटागिलासको दुध दिदैं भने अरु खानेकुरा खान नमिलेपनि दुध त पिउँनु न केही हुन्न । त्यति भन्दा पनि असजिलो मान्दै बल्ल बल्ल गिलासमाइन् म पून होटल भित्र फर्किएँ । केही समय पनि नहुंदै सबै यात्रीहरुले नास्ता पानी खाएको पैसा बुझाएर आ आफ्नो सिटमा बस्नु भयो । त्यति बेला सम्म बैनी सोभाले पनि दुध पिइसकिछन् । यात्रा धेरै बाँकीनै थियो त्यसैले फेरी यात्रालाई निरन्तरता दिदैं अगाडी बढाएँहोटल मनकामना बाट यात्रा सुरुगरेको २० मिनेट पनि नहुदै नेपालकै सबै भन्दा ठूलो नदि सप्तकोसीमा पुगियो सात ओटा सा साना नदि मिलेर बनेको सप्तकोसीको नदिमा प्रवेश गर्ने साथ हिमाल वाट आएको चिसो हावाले स्पस्रगर्दा छुट्टै आनन्द महशुस् भयो । सप्तकोसी नदि तरेरपारी लागेपछि मलाई पनि मेरै गाउँ आएझै लाग्ने भएकोले अलिक धेरै हसर्ित थिएँ । जिल्ला त कहाँ हो कहाँ अाचल मात्रै देख्न पाउँदा पनि धेरै धेरै रमाइलो लाग्दो रैछ पर्देशी भए पछि … केही कुरा सोच्दै भन्टावारी इनरुवा झुम्का हुंदै वस इटहरी बस् पार्क पूगिसकेछ । त्यतिन्जेल सम्म पनि नानी शोभा केही नवोली बसीरहेकी थिइन् । पूर्व अञ्चल मूटू इटहरी वजार बाट पाँच किलो मिटर अगाडी पूगेपछि उन्ले भनिन् !.. दाई तपाइँ किन नवोली वसीरहनु भएको ? हजुर आफ्नोकाममा ब्यस्त भएपछि कसैसंग केही कुरै गर्नु हुन्न रैछ त । आफ्नै तालमा मिठो लोकभाका संग रमाउँदै बडो होसियार पूर्वक बस चलाएर हिड्नु हदो रैछ त यसरी उन्ले बोल्न सुरु गरिन् । मैले बोल्न नचाहेको हैन मेरो बाध्यता लाई नबुझेर उन्ले पनि अरु जस्तै सोच्ने होलिन् भनेर केही नबोलेका मात्र थिएँ जव उन्ले बोल्दीए हुन्थ्यो भने पछि नबोली धरै पाइँन हो त्यसैले यसरी सुरु गरें …। । वैनी शोभा मेरो घरायसी मज्वुरीले गर्दा हाम्रो समाज वाटै अपहेलित पेसा अंगालेको छु । हरपल हरदम् परिश्रम गरे पनि सम्पूर्ण यात्रीलाई आफ्नै घरपरीवार सरह मायाँ ममता दर्शाएर यात्रा गराए पनि सहि समयमा गन्तब्य स्थान पुर्याए पनि हामी ड्राइभरहरुलाई कसैले सहि नजरले हेर्न त परैजावोस् सोच्न सम्म सोच्दैनन् की यो पनि हामी जस्तै यो देशको नागरीक हो जीवीकाउपार्जन को निम्ती रात दिन् खटीरहेको छ । हामी सबैको भविस्य उस्को हातमा र खुट्टामा छ । हामीले मान्छेको ब्यबार गर्नु पर्छ भनेर कसैले सोच्दैनन् । चाहे यो पेसामा लागेको मान्छेले कुनै पनि खरावी अम्मल नगरोस् तर बाहीर नजरहरुले विश्वास गर्दैनन् यो पेसामा लागेका सबैले लापार्वाही गर्छन् मादकपदार्थमा आफूलाई डुवाएर सवारी साधन चलाउँछन् अनि जानाजान दुर्घटना गराउँछन् त्यसैले ड्राइभर लाई हर्ने नजरको परिवर्तन भएको छैन | खै मैले केही हदसम्म भएपनि परीवर्तन ल्याउँन सक्छुकी भनेर प्रयास गर्दैछु | तर एक्लै सहज हुंदोरहेनछ । म बोल्दै थिएँ । उनि सुन्दै गइन् जव मेरो कुरा आदा आदी हुंदै थियो विचैमा रोकेर भनिन् दाजु यसरी राम्रो ब्यबहार मिठो र सत्य बोल्नु भयो भने गालि खानै पर्दैन । तर यहाँ धेरै जसो सवारी चालक दाजुहरुको बानी ब्यहोरा अत्यान्तै खराव हुन्छ । आफ्नो घरपरीवार छोडेर पराईको पलभरको नक्कली मायाँको जालमा परेर रमाउँन पाउँदा आफूलाई महानपूरुष भएको घमण्ड गर्नेहरुले गर्दा तपाइजस्तो सोझो र इमान्दर सवारीचालकको बद्नाम भएको हो । यात्रीहरुलाई हजुरले जस्तै आफ्नै घरपरीवार संझीएर यात्रा गराउँनु भयो भने तपाइँ लगायत यो पेसामा तल्लीन नेपाली दाजु भाईहरु प्रति सद्भाव र आदरको ओइरो लाग्ने छ । यसरी सतप्रतिसत सहि कुरा गरेको सुनेर मलाई अचम्म लाग्यो यसरी आज सम्म कसैले भनेको थिएन जुन कुरा आज बैनी सोभाले ब्यक्त गरेको सुनेर म दंग परें देख्दा त यसरी बोल्छीन् जस्ती देखीन्न थिइन् …तर बोल्दै गएपछि सागरको पानी नरोकीए जस्तै शत्यको पक्षमा वग्दैथिइन् …
उन्को कुरा विचैमा रोक्दै मैले भनें ..हेर्नु होस् ! हामी मज्दुरलाई सवारी साधन चलाएर हिढेको देखेर जो जस्ले जति हेला गरे पनि । हावाको भरमा दौडिदै जाँदा कतै भिरवाटलढेर एकमुठ्ठी प्राण अन्त्य भयो भने भइहाल्यो यदि भएन भने भुकमरीको चपेटामा पिल्सीएको मेरो परीवारमा अलि कति भएनी राहतको महसुस हुनेछ थोरै भएनी चयनको सास् फेर्न पाउँनेछन् माइला साहुको ऋण चुक्ता गर्न सकें भने मेरो बुबा आमा सबपरीवारले सारा गाउँले अगाडी शिर झुकाएर हिढ्नु पर्नेछैन भनेर यो पेसामा लागेको हुं । न त मलाई मादक पदार्थनै सेवन गर्नु पर्छ न त धुम्रपाननै विहान वेलुका खाना वाहेक केही चाहिदैन तर यो पेसामा संलग्न जो कोहीले पनि मादकपदार्थ सेवन गरेर सवारी साधन चलाएको होला भनेर यस्को याथार्थलाई बुझ्दै न वुझी हामी सवारी चालकमाथी कुदृष्टी तेस्र्याउँने समाजलाई कसरी मभित्र के छ के गुज्रिरहेको छ भनेर हनुमानले छाती चिरेर राम सीतालाई देखाए जस्तै देखाउँन सक्छुर … यदी त्यसरी देखाएँ भने विश्वास गर्दैन यो अन्धो समाजले । झुटो बोलेर अरुको परीवारमाथी कुदृष्टी लगाउँने वदमास् आवाराहैन भनेर । यही सावित गर्न नसके पछि मैले बोल्नुको औचित्य छैन त्यसैले पनि कोही कसैसंग बोल्न उचित ठान्दीन म यसै त गिरेको मान्छे हुनसक्छ अझै वाँकीनै होला तर केही छैन जे जस्तो लान्छना लगाए पनि मैले यो पेसा त्याग गर्न सक्दीन । किन की मेरो परीवारको भविस्यको तय गर्नु मेरो मुख्य कर्तब्य हो ? त्यसैले यो पेसा छोडेर एक कदम रहन सक्दीन म मेरो ? कुरा सुन्दा सुन्दै उन्को आत्मा निचोरीएर कता कता दुखे छ त्यो दुखाइ खप्न नसकेर होला आँखा वाट आँशुको खसाइ सकिछन् । गाडी भित्र हुनुहने यात्रीहरुले तिन छक्कपदै नानी शोभा तीर हेदै मुखामुख गर्दै थिए । सायद यति छोटो यात्रामा हामी विच निक्कै गहिराइका कुरा चलेको देखेर होला । मेरो कुराले उको मन्मा राँको सल्कीएछ | धेरै भाभुक वनेर म तिर हेर्दै भनिन् ! ड्राईभर दाई हजुर अरुको नजरमा जे भए पनि मेरो नजरमा महान हुनुहुन्छ । विन्ती गर्छु दाई अब आफूलाई गिराएर एक शब्द पनि बोल्ने प्रयाश गर्नुहोस् । हातको पाँचवटा औला त वरावरी हुंदैनन् भने सबै मानिसको विचार कसरी एउटै हुन सक्छ र … हुन त यो लाइनमा काम गर्ने सवारी चालक पनि त्यस्तै ॥ कोही हजुर जस्तै अशल हुनुहुन्छ कोही दिन् रात नशामा चुर्लम्म डुबेर आफूलाई इज्जत र सम्मान गर्नेलाई पैतालाको धुलो सरी नगन्ने हरु पनि हुनुहुन्छ । त्यसैले सबै सवारी चालकहरुलाई एउटै शब्दले छाएको त हो । कुन सही कुन गलत बाहिरी नजरले हैन ? । मन्को नजरले छुट्याउँन सक्नु पर्छ त्यसपछि मात्रै चिन्न सकिन्छ । को शही को गलत भन्ने कुरा । नानी शोभाले यसरीनै मलाई निर्दोश सावित गर्ने प्रयाश गर्दै अझै अघि बढेर वोल्न थालिन् । गाडीको रफ्तार संगै हामी दुइजना विच तर्क वितर्कका कुराहरु चल्दै थिए । ३५ किलो मिटर कटेको पत्तै भएन । मोरङ र झापाको सिमाना उर्लावारी कटेर दमक पुग्नै लाग्दा पो थाहा भयो ओ हो कति राम्रो चिया वगान् यो त दमक पो हो ..| ……
दमक आउँना साथ खलाँसी भाइले भने दमक आयो ? दमक आयो ?…कोही हुनुहुन्छ ? दमकमा ओर्लिनु हुने !…सायद धेरै जना हुनहुंदो रहेछ निक्कै ठूलो स्वरमा यात्रीहरुले भन्नु भयॊ गुरु पूर्व वसस्टेण्डमा रोकिदीनु है हामीलाई रिक्सा समाएर जान सजिलो हुन्छ । उहाँहरुको अनुरोधलाई सहर्ष स्वीकार गर्दै बस रोकीदिएँ । दमक सम्मको टिकट काटेर आउँनु भएको यात्रीहरु सबै दमकमा ओर्लीनु भयो आफ्नो त अर्झै गन्तब्य पूरा हुन केही समय वाँकीनै थियो । त्यसैले पून यात्रा अगाडी बढाएँ । दमक वजार देखी ३ कि मी पूर्वमा रहेको पाडाजुंगे चौक वाट गौरीगंज तर्फ मोडिएर केही सोचमग्न पारामा बसचलाई रहेको थिएँ ।मधुरो आवाजमा सम्भुराईको उतकृष्ट गित …चलेछ वतास सुस्तरी वनै सरर भरोषा छैन जीवनको विताउँ हाँसेर भन्ने गित वज्दै थियो गितले हाँस्नलाई पहल गरे पनि मैले हाँस्न सकिरहेको थिइन । नानी शोभा मेरै छेउमा केही नवोली बसीरहेकी थिइन् सायद उन्लाई पनि नरामाइलो महसुस हुदै थियो की ! मलाई उन्का जिवन साथीले भनेका थिए .. गुरु यिनलाई गौरीगंज नपूग्दै २ कि लो मिटर यतै थापाचौकमा ओराली दिनु है । त्यसैले मैले सोधे नानी थापाचौकमा ओर्लिएर कति टाडा जानुपर्छ । कतै ढिला त भएन यदी ढिला भए माफी चाहान्छु ल । मैले सोधि नसक्दै थोरै कलेटी परेका ओठवाट जवरजस्ती हाँसो पस्कीएर भनिन् …. ठिक्कैछ टाडा छैन सडक छेउमै हो । मेरो माइती थापानै भएकोले त्यो ठाउँको नाम नै थापाचौक राखेको हो । वस वाट ओर्लिने साथ पहिलो पाइलानै माइतीको आँगनमा पर्छ । उन्ले मुस्कुराउँदै भनेको सुनेर मलाई पनि खुशी लाग्यो जे होस् वसवाट ओर्लीएर पैदल यात्रा गर्नु नपर्ने रहेछ । अब कहिले जानु हुन्छ कर्म घर छोरीलागी जन्म घर त केही दिन्को लागि मात्रै हो । मेरो यो प्रश्नको जवाफमा निक्कै प्रफूल्लीत हुंदै भनिन् अब जहिले फर्किए पनि हजुर संगै हजुरकैवसमा फर्किन्छु तर सिट चाहिन्छनी यसरी आजको जस्तो बनेडमा नवसाउँनु है । नानी शोभाको कुरा केही वाँकी नै थियो होला तर मलाई मेरो कुरा राख्न अलिक आतुर लाग्यो मैले भने आउँनु होस् जहिले आएनी हुन्छ नानी शोभाको लागि हरपलहरदम् ढोका खुल्लाहुनेछ तर आउन नभुल्नु है । वास यति मात्रै भन्दै थिएँ ग्वालडुब्बा वजार कटेर पनि थापाचौक पो आइपुगेछ । नानी शोभाले मतिर हेर्दै भनिन् दाजु बस रोकिदनिुहोस् । मेरो माइती घर आइपूग्यो । उन्ले भन्नासाथ वस साइडलगाएर रोकीदिएँ । वसेको ठाउँ वाट जुरुक्क उठेर मतिर हेर्दै भन्न थालिन् … दाजु तपाइलाई फुस्रत भयो भने यहा आउँनु है ल ? ए साच्ची ! गौरीगंज वाट काठमाण्डौ सम्म जाने वस कति वटा छन् अनि कुन कुन समयमा छुट्छन् । अनि हजुरले चलाएको वसको निश्चित समय कति बजे हो ॥ उन्को प्रश्नको जवाफ कन्जुस नगरी यसरी दिएँ ? नानी जम्मा दुइवटा कम्पनीका बस मात्रै चल्छन् एउटा हो अग्नियातायात र अर्को मैले चलाएको तिलंगा यातायातको वस अग्नियातातको वस विहान ४वजेर ४० मिनेट जाँदा वसपार्क वाट छुटेर हरन वजाउँदै अगाडी दौडिन्छ त्यस्को १० मिनेट पछि म यही वस लिएर आउँछु !!
ल अहिले म गएँ है ? यदि सजोग मिल्यो भने फेरी भेटौला है भन्दै विदा भएर गौरीगंज तिर लागें गौरीगंज ।वजार स्थीत टिकटकाउण्टर नजिकै वसरोकेर यात्रीहरुलाई विदाई गरें सबै यात्रीहरु खुसी हुनुहुन्थ्यो सायद संदाको अनुपातमा त्यो दिन् अलिक चाडैं गन्तब्य स्थानमा पुग्न पाएर होला । म पनि कम खुशी थिइन आजको यात्रा अलिक वेग्लै भएको आभाष बटुलेको थिएँ । गौरीगंज वजार स्थीत विष्टकॊ हो होटलमा पुगेर होटलको साहुजीलाई भने आज मलाई खाना खान मन्छैन म ढल्कीन्छु । बरु भोक लागेछ भने भरे राती उठेर खानु पर्ला … साहुजी मलाई हेर्दै दंग पर्नु भयो । पहिले पहिले आउना साथ एकथाल खानाखाएर डंग्रंङ्ग लढ्ने मान्छे आज के भएछ । खाना नखाई सुत्छु भन्दै हुनुहुन्छ । साहुजीको कुरा सुनेर मैले भने ॥हैन हैन मलाई केही भएको हैन ॥आज त्यति भोक छैन त्यसैले खान्न भनेको हो । ल ल तपाइहरु राम्रो संग खानाखाएर आराम गर्नु होला भोली विहानै उठ्नु पर्छ । भन्दै कन्टेक्टर कृष्ण प्रशाई र खलासी भाइ कबिन्द्रलाई सम्झाएर म चाहि ढल्कीएँ । तर परेली बन्द गर्नै सकिन … १३ वर्ष सम्मको यात्रामा यसरी नजिक कोही कसैलाइ पाएको थिएन । तर जम्मा जम्मी २०० कि मी को यात्रामा पनि मानव जातीको अशलीरुप देख्ने अबसर मिलेकोमा गौरव गर्दै कोल्टे फेरेर रात विताएँ । राम्रो संग उज्यालो हुन वाकीनै थियो भाइ कविन्द्रले मविल पानी हेरेर अगर वत्ती बाल्दै विश्वकर्मा वावाको भजन भएको क्यासेट मधुरो आवाजमा मिठो धुनले गुन्जयमान पारेर भाइ कविन्द्र मलाई बोलाउँन आउँदै रहेछन् । सायद उन्लाई अरुदिन्को जस्तै आज पनि गुरुजी निन्द्रामै हुनु होला भनेर तर यता आफु विहानको ४ वजे भन्दा अघिनै उठेर नुहाई धुवाइ सकेर बस भए तिरै जादैथिएँ मलाई देख्ने साथ आश्चार्य मान्दै भने ! गुरु वा आज के भयो निन्द्रा लागेन खलासी भाइको कुरा विचैमा काटेर भने भाइ त्यस्तो केही हैन खै के भयो भयो मलाई आज निन्द्रानै लागेन । केही छैन ११ वजे हेटौंडा पुगेर आराम गर्नु पर्ला । यति भन्दै खलाँसी भाइ र म बसमा आएर यात्रीहरुको सामान सुरक्षित साथ त्रिपालले ढाकेर डोरीले बाँधी सक्दा नसक्दा कन्टेक्टर कृष्ण प्रशाइँ चलानी लिएर आए सबै यात्रीहरु आ आफ्नो सिटमा वस्दै थिए । खलाँसी भाइले इशारा दिए जाउँ जाउँ गुरु जाउँ जब उन्को अनुमति पाएँ पछि ब्रेक अनि स्टेरिङ्गलाई ढोगेर यात्रा आरम्भ गरें । उता अग्नि यातायातको वस् उस्कै समय अनुसार अगाडी अगाडी गइसकेछ । अग्नियातयातले हरन वजाएको सुनेर नानी शोभा हतारीदैं विस्तरावाट उठेर आँगनको डिल्मा आइ मेरै वाटो हेरेर वसेकी रहिछन् । जव बस लिएर उन्को छेउमा पूगें । उनी लजालु पारामा थोरै मुस्कुराउँदै भनिन् राम्रो संग जानु है हतार नगरी वस चलाउँनु है । उन्को बोलाईमा कता कता वेग्लैपना मिसिएझैं लाग्यो । तर मैले केही बोल्नै सकिन वास विदाइको हात हल्लाउँदै यात्रा अगाडी वढाएँ । हेटौडा वजार पूग्दा दिन्को ११ बज्दै थियो साथी बुद्धीलामालाई डिउटी बुझाएर म त्यही बसें भोलीपल्ट त्यही समयमा साथी बुद्धीलामाले काठमाण्डौ वाट वस लिएर आए मैले पनि आफ्नो डियूटी सम्मालेर हेटौडा देखी गौरीगंज सम्मको यात्रा पून सुरु गरेर पूर्व तिर मोडिएँ ।धेरै यात्री दमक वजारमा आर्लिनु भयो । पाडाजुंगे देखी गौरीगंज सम्म जाने यात्रीहरु मात्रै वस्मा हुनुहुन्थ्यो । कोही यात्रीहरु गौरादह वजार नजिकैको डिपुचौकमा ओर्लिएर जानु भयो । मेरो अन्तिम स्टेसन गौरीगंज सम्म मात्रै भएकोले यात्रालाई ससख्त रुपमा अगाडी वढाइरहेको थिएँ ।मलाई होसै थिएन की थापाचौकमा मेरै वाटो हेरेर कोही कोही बसेका होलान् ………….
तर शोभा नानी मेरै वाटो कुरेर वसेकी रहिछन् ! टाढै देखी हरन वजेको सुनेर सडक किनारमा मधुमुस्कान छोड्दै हातको इशाराले बस् रोक्ने आग्रह गरिन् । मैले पनि कतै जानु पर्यो वा के ही काम परेर होकी भनेर उनैको नजिक लगेर वस रोकी दिएँ | बस रोकिने साथ हतारीदै मेरै छेउमा आएर भनिन् .. दाइ भोली र पर्सी धादिङ जिल्ला बन्द छरे । हजुर पनि जानु पर्दैन होला । यदी जानु परेन भने भोली विहानको खाना होटलमा न खानु है ? हाम्रो घरमा आएर खानु पर्छ मैले हजुरको बारेमा वुवा आमालाई सुनाएकी छु । हामीलाई पराय ठान्नु पर्दैन । आफ्नै घर परीवार सरह सम्झीएर आउँनु भए हुन्छ । विन्ती छ दाइ भोली आउँनु है । यसरी एकदिन्को पनि हैन एक्छीनको परीचयले पनि नानी शोभाको मन् पग्लीएको देखेर छक्क पर्दै केही समय चुप रहें तर नवोलेर समस्याको समाधान नहुने भएर भने ! नानी यो मेरो निजि वस हैन म त कम्पनीको भरीया हो कम्पनीको अर्डर अनुसार चल्नु पर्छ । त्यसैले अहिलेनै विश्वास त दिलाउँन सक्दीन तर …।मेरो कम्पनीमा फोन गरेर सोध्छु यदी नआउँनु भन्ने आदेश मर्जी भयो भने अबस्य भोली विहान ८ बजे साइकल लिएर आउँनेछु । यदी बन्द हैन रैछ र ॥ म जानु पर्यो भने मन नदुखाउँनु है । उनि वाट विदा भएर बाटो लागें तव मलाई आश्चार्य लाग्यो म हेटौडा देखी आउँने मान्छेलाई केही अत्तो पत्तो छैन यिनी घरै वसी वसी सबै कुरा कसरी थाहा पाएकी होलीन् वल्ल वल्ल आमाघर आउँदा त आमाको कुरासुनेर आमालाई काम सघाएर आराम गर्नुपर्ने कता म जस्तो सडक छाप कति वेला फर्केर आउला कतै जाम पर्यो की कुनै संघ संगठनले बन्दको घोषणा गर्योकी वास यसैमा उन्को ध्यान केन्द्रीत भएकोमा । गौरीगंज पुगेर काठमाण्डैमा कम्पनीको सुपर भाइजर सरलाइ फोन गरेर सोधें सर के भोली र पर्सी नेपाल बन्द भन्ने हल्ला छनी होकी हैन सर..? मैले सोधी नसक्दै हाम्रो कम्पनीका बस्हरु स्टार्ट सम्म नगर्नु यदी बन्दको अवज्ञा गरेर बसचलाउँनु भयो र कतै बन्दकर्ताहरुले वसमा क्षेती पूर्याए भने सबै तपाइ स्वयम्ले बेहोर्नु पर्ने छ ? भन्दै फोन राखीदिनु भयो । आखिर कम्पनीको हर्ता कर्ता ब्यक्तिलेनै त्यसो भने पछि वस चलाउँने कुरै भएन । मन मनै खुशी पनि लाग्यो । नानी शोभाको इच्छापूरा हुने भयो मैले पनि शहि मानवको परीवार संग भेट घाटगर्न पाउँने भएँ ……होटल विष्टको साहुजी सिताराम विष्टले खाना तयार वनाई सक्नु भएछ । मलाई पनि अलिक धेरै भोक लागेकोले सधैंको तुलनामा अलिक धेरैनै खाएछु । धेरै थकाइको महसुस् हुदै थियो खानाखाएर सक्ने साथ विस्तरामा पल्टीएको त भुसुक्कै निदाएछु । यसो नयन उघारेर हेरेको त विहानको छ वजीसकेको रहेछ ..
हतार हतार उठेर धारामा रहेको रातो वाल्टीनमा पानी भरेर नुहाउँन वाथरुम भित्र पसें ।जति पानी खन्यायो उतिनै फुर्तिभएको महसुस हुन थाल्यो । जव नुहाएर सके उता विष्टसाहुले चिया पनि तयार पारेर बोलाए गूरु चिया पिउँनु होस् अनि पो फूर्तिहुनुहुन्छ त ? साहुजीको विचारको कदर गर्दै एक कप चिया पिएँ । नानी शोभाले विहान ८ वजे आउँनु भनेकी छन् अब के मा जाने होला हुन त वस् त्यहाँ सम्म लैजान सक्छु तर कम्पनीको सुपरभाइजरको आदेशको उलंघन होला भनेर बरु होटल साहुजी संग साइकल मागेर जानु पर्यो भनेर होटल साहुजीलाई भने साहुजी दिन मिल्छ भने हजुरको साइकल मलाई दिनुन ।म एक्छीन साथीकोमा गएर आउँछु ८ वजे आउनु भन्नु भएको थियो .. ८ यही बज्न लागि सक्यो । मेरो गुनासो सुनेर साहुजीले साइकल दिदैं भन्नु भयो हुन्छ गूरु लैजानु तर हजुरको वेट धेरै होला अलिक हावा थप्नुहै साइकल दोकानमा पूगेर । साहुजीको आदेश पाए पछि साइकल लिएर नानी शोभाको घर गएँ । तर एक्कासी आँगनमा ओर्लिने आँट गर्न सकिन । नानी सोभाले पो चिन्छिन् तर अरु घरको सदश्यहरुले कहिले पनि देख्नु भएको छैन एक्कासी नयाँ मान्छे देखेर कुनै नराम्रो अर्थ लगाउँनु भयो भने नानी शोभाको मन दुख्ला .. बरु नानी शोभा एकपटक आँगनमा आए हुन्थ्योनी ? यही सोचेर यता उता नजर घुमाउँदै थिएँ । केही बेर पनि नहुंदै नानी शोभा घर भित्रको काम सकेर सायद मेरै वाटो हेर्नको लागि होला मुल ढाका वाट बाहीर निक्कीदै सडक तिर नजर लगाइहालिन् उन्को पहिलो नजरनै म सम्म आएर ठोक्कीयो । मलाए देख्ने साथ बडो खुशीले मधुर मुस्कान छोड्दै भनिन् आम्मै ड्राइभर दाइ पो आउँनु भएछ । किन वाटो मा आउँन घरमा आउँनु किन असजलीलो मान्नु हुन्छ र । उन्को मिजासीलो पारा देख्दा साँच्चै आफूलाई पनि थोरै भाग्यमानी भएको महसुस गरेर उन्को माइतीघरको आँगनमा पाइला टेकें । आँगनको छउमा साइकल अढ्याएर नानी शोभाको वुवा आमालाई दर्शन गरेर नजिकै रहेको पलङ्मा बसें । मलाई देखेर नानी शोभाको अनुहारमा चमक छाएको थियो । हुन त अति भन्दा अति राम्री बारुले कम्मर चट्ट छिनेको रुपको त कुरै नगरौं त्यतिकी मानौ स्वर्गको अप्सरा जस्ती मुस्कुराउँदै मतिर हेर्दै थिइन् । मलाई भने कता कता अशजीलो लागिरहेको थियो । हुन त म पनि विवाहित उनि पनि विवाहित मैले गलत विचारले नाजायज फाइदा उठाउँनु भन्दा बरु आफै सेरीएर मर्नुनै वेश हो भन्ने मान्यता भएको मान्छे तर बोले पछि मायाँ लाग्नु जस्ले आफूलाई मन दिन्छ उसैलाई मन पराउँनु भुल पनि त हैन सायद यो पागलपन कष्ट संग खुड्कीलो उक्लीएर शिखर सम्म पुगेर पनि मायाँको वारीमा सजिएको सुन्दर फूल नटिपी खाली हात फर्किन पनि कति कठिन्…नानी शोभा मलाई पलङ्गमा वस्दै गर्नुहै भनेर भित्र गइन् । केही समय पछि स्टीलको गिलास भरी तातो तातो दुध ल्याएर मलाई दिदै भनिन् ॥आराम साथ दुध पिउँनु होस् । म तपाइकै समिपमा आज दिन् भरी वसीरहनेछु । हजुरको मिठो वोली सुनीरहन्छु । हो ड्राइभर दाइ हुने भए म हजुरलाई यो छाती भित्र कसैले नदेख्ने गरी लुकाउँने थिएँ ! तर सम्भव छैन मेरो त कर्मै अभागी उफ् आफूले चाहेजस्तो कहाँ पाइँदो रैछ र । उनी सरासर अतितमा बग्दै थिइन् । तर त्यो वगाइलाई रोक्दै मैले भने .. नानी शोभा म त बाहिर कालो भित्र झन् धेरै कालो म जस्तो सडक छाप अनपढ मान्छेमा तिमीले चाहेको अमुल्य वस्तु के नै छर …. म संग त खुशीको वदालामा पिडा छ हाँसोको वदलामा आँशु छ । मिलनको सट्टामा विछोड छ फेरी यस्तो घायल भनेर जान्दा जान्दै यो उराठ लाग्दो बोली सुनेर के उपलब्दी हुन्छर । वास् यस्तै यस्तै बोल्दै आफूलाई संसारकै दुखि हुं भनेर प्रष्ट पार्दैदिएँ । सायद उन्लाई धेरै डाहा भएर होला मेरो आवाजलाई रोक्दै ए हजुर भयो अब यहाँ भन्दा एक शब्द पनि नभन्नु होस् म सुन्न सक्दीन भन्दै घकान्नीदै रुन थालिन् । म पनि चुप लागें । उता भान्सामा आमाले खाना तयार पार्दै हुनुहुन्थ्यो बुवाले भैसीलाई कुंडो पकाउँदै आँगनको डिल्मा वसेर खैनी माड्दै पनि हुनुहुन्थ्यो । नानी शोभा र मैले कुरागरेको वुवाले सुन्नु भएछ त्यसैले मलाई बोलाउँदै भन्नु भयो ए बाबु तपाइको घर कहाँ हो । अनि वस् चलाउँन थाल्न भएको कति भयोनी । अब यो हाम्रै गाउँमा चल्ने वस कतिाजेल चलाउँनु हुन्छ बुवाको सोधाई धेरै अर्थपुर्ण लाग्यो त्यसैले मैले भने ॥मेरो घर संखुवा सभा जिल्लाको मादी राम्वेनी गा. वि. स .। वार्ड न. ३ ताक्लाखरमा छ | मैले सवारीसाधन चलाएको १३ वर्ष भयो । मेरा एक छोरा एकछोरी सहित श्रीमति गोरखा जिल्लाको पृथ्वीनारायाण नगरपालीका १० । बाह्र किलो भन्ने ठाउँमा छन् । यसरीनै आफ्नो वारेमा भन्दै थिएँ । उता बुवालाई केमा चित्त वुझेछ कुन्नी मलाई नजिकै वाट नियालेर हेर्दै भन्नु भयो वावु… तपाइँ त सानो उमेर वाटै ड्राइभर पेसामा रमाउँनु भएकोरहेछ । तपाइँको ब्यबहारको वारेमा नानी शोभाले सबै कुरा भनेकीछन् । यति कलिलै उमेर देखीनै यो लाइन्मा काम गरेर पनि एउटा सज्जन पूजारीको जस्तो सहर स्वाच्छ मन भएको हुनुहुंदो रहेछ । ठिक्कैछ वावु आउँदा जाँदा समय मिले सम्म यो घरमा आउँदै गर्नु होला । नानी शोभाको बाबाले झनै नजिक सम्झीनु भएको देखेर धेरै खुशी लाग्यो । हुन पनि पलभरीको चिनजान पनि वर्षौं पहिले देखिको परीचय जस्तो गहीरो मायाँले वाँध्न चाहाने अशल मानवको
स्वाच्छ मन्लाई मन् वाट सलाम् गर्दै केही भन्न हतारीए पनि बुवाको कुरा सकिएकै थिएन जबर जस्ती बुवाको कुरालाई रोकेर भने रोक्दै भने वुवा मैले ..? पनि हजुर जस्तो अशल मानव देखेको रहेनछु । हजुर्को आँगनको डिल वाटै यति धेरै यात्र्जरलाई चिन्न सकीन । ढिलै भएपनि आज चिन्ने अवसर पाएकोछु । समयले सधै यसरीनै साथ दिएछ भने हजुर्को दर्शन गर्न आउँदै गर्नेछु ।मेरो शरीरमा एक थोपा रगत र एक मुठ्ठी प्राण रहेसम्म हजुरहरुको मायाँलाइ भुल्ने छैन । समय वितेको पत्तै भएन घडीको सुइ दशमा पूग्नै लागेछ । आमाले खाना तयार वनाइ सक्नु भएर नानी शोभाले दुइवटा हात्मै दुइवटा लोटा भरी पानी ल्याएर हामी छेउमा राख्दै भनिन् खाना तयार भयो जाउँ ॥ बुबा हात धोएर भान्सामा प्रवेश गर्नु भयो म पनि हात धोएर वुवाको पछि पछि भित्रै जादै थिएँ । मलाई विचैमा रोकेर नानी शोभाले भनिन् ..हजुर मेरो कोठामा जानुन । त्यहाँ टेबुल छ । हजुरलाई सजिलो हुन्छ हजुर जादै गर्नु म खाना लिएर आउँछु । भन्दै भित्र गइन् । आमाले मेरो लागि पस्कीनु भएको खाना लिएर आउँदै मुसुक्क मुस्कुराउँदा मोती जस्तै टल्कीएका दन्त लामो लामो केसको लहरा उफ्… खाना ल्याएर टेबुलमा राख्दै भनिन् नलजाइ खानु ल ? म त हरदिन् हररात होटलमा खाएर हिड्ने मान्छे भएपनि पाहुना लागेर खानु पर्दा असजीलो हुदो रैछ तै पनि हाँसेर भनि दिएँ हुन्छ वावा हुन्छ । यिनले मलाई कुन खालको मायाँ गरेकी होलिन् त आज विचार गर्नु पर्यो भनेर मैले मेरो खाना वाट एक गाँस झिकेर खाने हो भन्दै सोधें तर नानी शोभाले भनिन् ॥ पहिले आफू खानुन पछि हजुरले खाइसक्नु भएन भने आफै झिकेर खाइदिन्छु । उन्को यस्तो मिलनसार मन देखेर म चुप रहनै सकिन । त्यसैले भने नानी शोभा .. म त सवारी साधन चलाउँने मान्छे अलिकति हावामा पूरै शरीर तौलीएर हिड्ने मान्छे कोही कसैको इच्छालाई बुझेर पनि अबुझ हुनु पर्ने वाध्यता भएको भान्छे फेरी म एक्लो पनि हैन श्रीमति र छोराछोरीको भबिश्य उज्वल वनाउँनको निम्ति संघर्षरत पाइलाहरु घिसार्न विवस् मान्छे थाहा छ . तिमीलाई ..? उता छोरा छोरीहरु वावाले नयाँ नाना ल्याइदिनुहुनेछ हामीलाई मिठो मिठो खाने कुरा ल्यादिनु हुनेछ । हामीलाई वावाले काखमा राखेर कति धेरै मायाँ दिनु हुनेछ । तर मेरो भने केही निश्चित छैन विहान भुइँमा उज्यालो खस्न नपाउँदै स्टेरिङ्गमा हात राखेर जय गर विश्वकर्मा भनेर यात्रा सुरु गरे पछि अन्तिम् स्टेसन नपुगुन्जेल सम्म जिन्दगीको भरोसानै हुदैन । हावालाइ मेरो जीवन दाता सम्झेर यात्रा गर्नु पर्ने मेरो बाध्यता छ …
तर नानी शोभा ॥तिमी भित्रको स्वाच्छ भावना म जस्तो सडकछाप प्रतिको स्नेह ममता मेरो शरीरमा एक मुठ्ठी रगत रहुन्जेल भुल्न सक्दीन । भनेर थोरै हाँसीदिएँ । मेरो थाल वाट एक गाँस झिकेर मिठो मान्दै खाइन् र फेरी मेरै वर्णन गर्न थालिन् ?
मेरो भाग्यमा हजुर जस्तो अशल पुरुषलेवास गरीदिनु भएको थियो भने म पनि संसारकै भाग्मानी नारी हुने थिएँ यो एकवारको जिवन खुशीनै खुशीमा विताउँने थिएँ । सधैं भरीनै जीवन साथीकै सेवामा हाजीर हुने थिएँ ! तर सकिन भन्दै गहभरी आँशु बोकेर भान्सा कोठामा गइन् । त्यो कोमल हृदयमा वर्सौ देखी कैद वनाएर राखीएका भावनाहरु बर्बबर्ती आँशु वनेर पोखीने तर्खरमा थिए । मलाई पनि खै के भयो भयो आँखा रसाएर आए । तर पनि एक गाँस खाना हातमालिएर केही समय वेर सोचमग्न भएर बसें कतै नानी शोभाको मन् भित्रको आगो निवाउँने कुनै उपाय भेट्न सक्छुकी भनेर तर भेट्न सकिन मेरो पनि आँखा बाट वगेको आश्रु धाराले आधा शरीर भिजि सकेछ । मेरोजीवनमा पनि उन्को भन्दा कम पिडा थिएन …। उन्लाई उनैको श्रीमानले जस्तै मलाई मेरै जीवसंगीनीले नतड्पाएकी भने कहाँ हुन् र .. यस्तै अतितलाई संझीएर टोलाइ रहेको थिएँ । उनि फेरी भान्सा कोठा बाट टुप्लुक्क मैतिर आएर अझै प्रसंसा गर्न थालिन् । ड्राइभर दाइ तपाइको घरपरीवारले हजुर जस्तो अशल गार्जियन पाएर कती रमाइलो महसुस गर्दै हरेकपलपल विताउँदै हुनुहुन्छ होला है …….
तर मेरो जीवनमा जी भरीनै हाँसो खुसी कहिल्यै न आउँने भयो । भन्दै दुःख ब्यक्त गर्दैथिइन् । उन्को कुरालाई विचैमा काट्दै भने .. हो त नी म र मेरो परीवार साँच्चै खुसीनै छौं । बाहीर अरुलाई शान्त्वना दिए पनि मुटु भित्रको दुखाई आँफैलाईमात्र थाहा थियो । खाना चिसो भैसकेछ ।मेरो मुटुको नसानसामा नानी शोभाले पोख्न चाहेको कुरालेनै भरीसकेको थियो । त्यसैले शोभालाई भने मलाइ पुग्यो म हात धोएर आउँछु ल भनेर वसेको ठाउँ वाट उठ्न मात्र लागेको थिएँ यतिकैमा मेरो हात समाएर भनिन् एक्कै छिन् पर्खिनु होस् | हजुर अघाउनु भएको हो भने यो तपाईले छोड्नु भएको जुठो खाना म खान्छु ? तर हजुर मेरै नजिक वस्दीनु पर्छ । तपाइको साथ जीवन विताउँन नपाए पनि एक्कै छिन संगै वस्न त दिनुहोस् । यसरी मायाँको गाँठो कसेर मेरै जुठो भात खाना खान लागिन् । साथी होस् त यस्तो उन्को मित्रतालाइै देखेर धेरै गौरम्वीत भएँ । हुन पनि यो मन्ले चाहेको भन्दा धेरै दिगो साहारा दिन तयार भइन् । म जस्तो सडकछापलाई आफ्नो सर्वश्व सुम्पीन तयार भइन् र उन्ले दिएको मायाँ ममतता ग्रहण गर्ने शक्ति म मा थिएन । नानी शोभालाई मैले भनेको थिएँ जहिले कर्म घर फर्किनु परेपनि मेरै वस्मा फर्किनु पर्छ । फेरी अर्को वस्मा फर्किनु भयो भने म कहिल्यै बोल्दीननी । कतै मेरो कुराले चिक्त दुखे जस्तै गरी भनिन् हुन्छ हुन्छ म जहिले फर्किए पनि हजुरकै वसमा जान्छुनी । अबदेखी अरु कुनै वस्मा यात्रा गर्दिन । एक आपसमा झन् धेरै मित्रताको डोरी वाटिन थाल्यो कुरै कुरामा दिन् वितिसकेछ । । साँझ पर्दै गयो अब आफ्नो गन्तब्य स्थान तिर जानु पर्ने बाध्यता भनौ या विवस्था आखिर जे भने पनि कुरो एउटै त हो बुवा आमा र उनि संग विदा भएर गौरीगंज तिर मोडीएँ केही समय साइकलको पाइडलसंग रमाउँदै विष्टकाजीको होटलमा पूगेर आराम गरें । भोली त जान्छु आज कति रमाइलो भयो उफ् यो ड्राइभरको जीवन पनि आज यहाँ भोली कहाँ ठेगाननै नहुने । भोली पलट विहानै वसलिएर हेटौंडा तर्फ…। लागें दयाकी खानी शोभा त्यति सबेरै हातमा एक गिलाश दुध लिएर सडकछेवैमा उभिएकी रहिछन् । मैले उनैको छेउमा पूगेर वस रोकिदिएँ उन्को हातमा भएको गिलाशको दुध मलाई दिदैं भनिन् ..राम्रो संग जानु ल आफ्नो ख्याल गर्नु गाडी चलाउँदा कहिल्यै हतार नगर्नु । यदी मलाई भुलेर तपाइको भविश्य उज्वल हुन्छ भने ठिक्कैछ । म हजुरको भविश्यमा वार बनेर उभिने प्रयाश कहिल्यै गर्दिन । भन्दै बाहीर जवरजस्ती खुशीखोजेर मुस्कुराउँने कोसिस् गर्दै थिइन् । मैले भने नानी शोभा मेरो खप्परमा अझै कति चट्टान बज्रीन वाँकीनै छ । हो मलाई केही हुदैन मेरो वारेमा पिर नगर बरु आफ्नो ख्याल गर्नु भन्दै यात्रा अगाडी वढाएँ । हन त मेरो अन्तरमन्मा पनि उन्लाई भुल्ने इच्छा छंदै थिएन । नानीलाई भोलीनै भेटगरेर अझै विश्वास दिलाउँने छु मैले पनि मायाँ त तिमीले भन्दा अझै धेरै गर्छु भनेर । मलाई के थाहा विहान ४ वजेर ५५ मिनॆट जादाको भेट नै अन्तिम भेट हुनेछ
उनिसंग विदा भएर गौरादहको डिपूचौक हुंदै दमक वजार देखी हेटौंडा सम्मको यात्रा अगाडी बढाएँ । एकछिन् को भेटघाट र गहिरो परीचयले जीवन भरीनै अंधकार छाउला भनेर कसरी विश्वास गर्नु उनि संग छुटेर हिडेपछि हेटौंडा वजार पूग्दा दिउँसो को ११ वजीसकेछ ।हेटौंडा वजारको शीववुवा आयल स्टोर्शमा वसरोकेर साथी बुद्धी लामालाई डियूटी वुझाएँ । आफ्नो सानो झोला भिरेर वस्वाट ओर्लीदै थिएँ । म ओर्लिन लागेको देखेर साथी बुद्धीलामाले भन्नु भयो वर्देवाजी अब देखी हाम्रो वस् गौरीगंज नपठाउँने रे । तपाइलाई पनि काठभाण्डौनै वोलाउँनु भएको छ । हिंड्नुहोश काठमाण्डौ जाउँ !!
साथी बुद्धीलामाको कुरा सुने पछि मेरो मन्मा वादल छायो । बोल्न खोज्दा पनि केही शब्दनै निस्किएन । पूरै शरीर गलेर आयो असाध्यै दुःख र नरमाइलो लागेर भगवानलाई गालीगर्न थालें । हे भगवान किन यति सार्ह्रै निष्ठूरी वनेकाछौ । यो सडकछापलाई अलिकति दयागर्ने हातवाट किन छुटाउँदैछौ ॥किन… आखिर छुटाउँनु नै थियो त किन भेट गरायौ भन्न मन थियो फेरी भन्नैसकिन ।तर निर्दोशी भगवानलाई दोश दिनु उचित ठानिन् मैले । भेटिएर छुट्टीनु जिन्दगीको रितनै हो त्यसैले भगवानलाई गालि हैन हात फैल्याएर केही माग्न उचित हो भन्नॆ सोचेर यात्रा गर्दै थिएँ । मुंगलिन वजार कटेर माकामना चौक पूगीसकेछ हतार हतार बसको झ्यालवाट शिरनिकाल्दै दुवैहात जोडेर विन्ती गरें हे मनकामनामाई उन्को र मेरो साथीत्वको नाता हामी जहाँ रहेनी कायमै रहोस् । हामीलाई सिर्फ एक पटक मात्रै भएनी भेटगराईदिनुहोस् सिर्फ एकपटक किन की मैले उनीमाथी कुनै दुब्र्यवहार गरेको भए माफी सम्म त माग्न सक्छु । म यही आशाको दिप जलाउँदै वस् भित्रै वसें तर मेरो आँखा वरी परी नानी शोभाको वाटुलो अनुहार लजालु मुस्कान् एका विहानै गिलाशमा दुध लिएर मेरै प्रतिक्षागरेर सडकको किनारमा कुरीरहेको पल फेरी छुट्टीने वेलामा भनेकी थिइन् मायाँ नमार्नु ल छिट्टै आउँनु ल॥ यिनै करा हरुले मुटु छिया छिया भए पनि टुकि्रएको मन सम्मालेर सिटमा बसरीरहें । दिन् ढल्दै थियो रजति जति रात ढल्दै थियो उति उति मेरो मन्मा वादल मडारीएर छोपिन थाल्थ्यो । साँझ छ वजेर पन्द्र मिनेट जाँदै थियो काठमाण्डौको अस्तव्यस्त चौक कलंकी स्थीत आफ्नै काउण्टरमा गएर वस रोकियो । संम्पूर्ण यात्रीहरु वसवाट ओर्लिएर आ आफ्नो गन्तव्य स्थानतिर लाग्नु भयो । साथी बुद्धीलामा र म टिकट काउण्टरमा गयौं भित्र अफिसमा कम्पनीको सुपरभाइजर केसी हुनुहुदो रहेछ यहाँलाई देख्ने साथ भने ॥सर अब हाम्रो वस गौरीगंज चल्दैनरे हो ? प्रश्न भूइँमा खस्न नपाउँदै सुपरभाइजर सर्ले भन्नु भयो हो.. हो.. अव वर्षाद भरी चल्दैन हिउँद लागे पछि सोचौंला । तिमी र बुद्धीले कहिले विराट नगर कहिले काकडभिट्टा कहिले धरान जानु पर्छ ?
कम्पनीको सुपभाइजर केसी ले यस्तो कठोर फैसला सुनाउँनु भए पछि म त छाँगा वाट खसेझैं भएँ । कम्पनीको नोकर भएपछि कम्पनीको दायराभन्दा वाहिर हुनु मेरो नैतिकताले दिएन त्यसैले फरकफरक ठाउँमा चल्न थालें ! उता नानी शोभा र धर्ति भन्दा फराकिलो मन हनुभएको नानी शोभाको बुवा आमा यो ड्राइभरकॊ जातै यस्तै भनेर निरास हुनु हुन्छकी भन्ने डरले हरपल सताइरहेको थियो । हरेक दिन् हरेक पल यादगर्दै यात्रा गरेर महिना दिन् विताएँ सोही ठाउँमा चल्ने अग्नियातायातको गुरुजीलाई धेरै पटक खबरपठाएँ । तर उता वाट कसैले केही खबरै ल्याएनन् । मैले गौरीगंजको रुट छोडेको डेढमहिना पछि सप्तरी जिल्ला राज विराजको डियूटी गर्दै । मन थाम्नै नसकेर कम्पनीमा १० दिन् सम्मको विमारी विदा मिलाएको थिएँ । मरीन्छकी वाँचिन्छ भर त छैन बरु आफन्तसंग भेटघाट गरेर आउँछु भनेर त्यो पनि बल्ल बल्ल पाँच दिन्को लागि भात्रै विदा स्वीकृती भयो । कम्नीको सुपरभाइजर केसी संग विदा लिएर काठमाण्डै देखी राजविराज चल्ने आफ्नै कम्पनीको वस्मा चढेर हेटौंडा आएँ । हेटौडामा एक रात विताएर भोली पल्ट विहानको ४ वजेर तिस मिनेट जाँदा काठमाण्डौ देखी काकडभिट्ट सम्म जाने ज्वाला यातायातको बस् हेटौडा आएर रोकियो फेरी सोही वस्मा चढेर पथ्लैया हुंदै पूर्व तिर लागें । दिउसोको १ वज्दै थियो झपा जिल्लाको दमक वजार पुगेर वस रोकियो । ज्वाला यातायातका चालक मेरै साथी मधुले बस् रोक्दै भन्नु भयो वर्देवाजी राम्रो संग जानु है । ज्वाला यातायात वाट ओर्लिएर यता उता नजर डुलाउँदै थिएँ । यतिकैमा हरन वजाउँदै विराटनगर देखी गौरीगंज सम्म चल्ने लोकल वस आएर मेरै अगाडी रोकियो । मैले त सोचेको थिएँकी कोही यात्रीहरुलाई ओराल्न पो रोएिको होला तर हैन रैछ । लोकल वसको गुरुजीले मलाइ देखेर पो मेरै नजिकै ल्याएर रोकिदिनु भएको रहेछ लोकल बस्को कन्टेक्टर भाइले मलाइ वोलाउँदै भने ओ हो वर्देवागुरु हजुर कता वाट लु आउँनु आउँनु गौरीगंज जाउँ । मलाइ त झन् के खोज्छस् कानो आँखा भने झै भयो । हतार हतार वस्मा चढेर गुरुवासंग हात मिलाएर सिट्मा बसें । हेर्दा हेर्दै दिन् ढल्दै ढल्दै गएको घडीमा खबर दिन पाँच वजी सकेछ । दमक वाट यात्रासुरुगेरको ४५ मिनेट पछि थापाचौक पुगेर वस रोकियो मैले बसमा चढ्नु अगाडीनै भनेको थिएँ गुरु थापाचौकमा पुगेपछि वस रोकिदिनु है । सायद मैले पहिलेनै भनेको भएर वस रोकिदिनु भयो । ल ल म यही झर्छु भोली भेटौलाहै भनेर ओर्लिएँ । मानु छरेर मुरी उव्जाउँने समय भएर होला सबै जना काममा ब्यस्त हुनुहुदो रहेछ । नानी शोभाको वुवा भैसीलाई घाँस िदंदै हुनुहुदोरहेछ । मलाइ देख्ने साथ रमाउँदै भन्नु भया वावु अनि यतिका दिन् सम्म कहाँ हराउँनु भएको । तपाइँ पनि हराउँनु भयो तपाइँको कम्पनीको वस् पनि आएन ।हामीले यहाँ वाट काठमाण्डौ जाने अग्नि यातायातको स्टापलाई खबर पठायौं कसैले उताको केही खबरै ल्याएनन् । यतिका दिन् सम्म केही अत्तो पत्तो पाइएन ॥हामी त थकित भएर वसेका थियौं । जे होस् ढिलै भएपनि आउँनु भएछ । गुनासो पोख्नु भयो । बुवाको कुरा नसकीदै मैले भनें बुवा नानी शोभालाइ देख्दीननी उनि घर गैसकिन् …मेरो कुरा नसकिदै बुवाले भन्नु भयो वावु यतिका दिन् सम्म त दाजु आउँनु हुन्छ अनि दाजु संग जान्छु भनेर वसरिहिन् । अनि बाबु नआए पछि आज मात्रै नरमाइलो मान्दै अग्नियातायात सेवाको ना २ ख ७५२९न। को वसमा चढेर गइन् । बुवाको गुनासो र शोभा संगको विछोडले मेरो छातीमा आगो वलेपनि भने…वुवा म यहाँ मनले नचाहेर नआएको हैन साहुकको सम्पक्ती साहुकै खुसी म त श्रम गर्ने मज्दुर मात्रै त हुं । जहाँ जहाँ जानु भन्ने आदेश आउँछ उहाँ उहाँ लगाम लगाएको घोडाले जस्तै दायाँ वायाँ नगरी जानु पर्छ आज पनि बल्ल बल्ल विदा मिलाएर हजुरहरुको दर्शन् गर्न आएको छु । हो वुवा हजुरले मलाइ अन्यथा नठान्नु होला हजुर्को आशिर्वादले गदा आजको दिन् सम्म जिवित रहेर यहाँ सम्म हजुरहरुको दर्शन गर्न आउँन पाएको छु । भन्दै मन्को अन्तिम् इच्छा सुनाएँ ..
मेरो कुराले वुवाको मन् पलाएछ त्यसैले मलाई भन्नु भयो ठिक्कैछ वावु हामीलाइ संझिएर यहाँ सम्म आउँनु भयो फेरी फेरी पनि आउँदै गर्नु है ।हामीलाई नविर्षनु भन्दै धेरै गुनासो गर्न भयो । मैले पनि सम्झाउँदै भने वुवा मेरो शरीरमा एकथोपा रगत रहुन्जेल हजुरहरुले मलाई दिनु भएको मायाँ र स्नेहलाई कहिल्यै भुल्ने छैन । मेरो डियूटी गौरीगंज वाट खोसिए पनि हजुरहरुवाट खोसिएको छैन । सकभर म समय मिलाएर आउँदै गर्छु । यसरीनै वुवार मेरो दुखेसो कुराहरु हुदै थिए । उता आमाले खाना तयार वनाई सक्नु भएछ । धेरै पछि नानी शोभा नभएनी वुवाआमा संग संगै वसेर खाना खाएँ ।आदा रात सम्म दुखेसो कुरा गर्दै वसें । वुवाले संझाउँदै भन्नु भयो वावु .जहाँ जस्तो अबस्थामा पनि आफ्नो शरीरको ख्याल गर्नु कोही कसैलाई पनि भित्री आत्मा खोलेर केही नभन्नु सहि सत्य वोल्नु बरु शिर चढाउँनु किन नपरोस् तर झुटो शब्द कल्यिै नवोल्नु । जीवनमा कहिल्यै पनि आफू असक्षम छु म कुनै काम गर्न सक्दीन भनेर मन नदुखाउँनु हाम्रो आशिर्वाद सधैं सधैं साथैमा हुनेछ यसरी उच्चर महान विचारक कुराहरु सिकाउँदै अर्ति उपदेश दिनुहुँदा मलाई यस्तो लाग्यो धन्न म यहाँ सम्म आएछु किन की धेरै जीन्दगीको वारेमा सिक्ने मौका त मिल्यो । दिन् भरीको हलो कोदालो दाउरा घाँस गरेर वुवा थकिन हुनु भएर होला वावु म आराम गर्न जान्छु है भनेर भित्र अर्को कोठमा जानु भयो । अब आफू पनि ढल्कीनु पर्यो भनेर ढल्कीदै थिएँ । तर यि नयनका परेली जोडीनै मानेन् । त्यहि पलङ्गमा नानी शोभाले वसाएर भनेकी थिइन् । हे हजुर तपाइँलाई हेरीरहन्छु । आज दिन् भरी कतै नजानु है । हाम्रो मायाँ लाखौं वर्ष सम्म केही हुने छैन यदी सत्रु वैरी लागीहाले भने हाम्रो मायाँको रापमा जलेर खरानी हुनेछन् । हाम्रो मायाँमा अपार शक्ति छ त्यसैले पनि हामीलाई कसैले अलग वनाउँन सक्दैनन् ..
यसरी एक्कै छिनको परीचयमा जुनि जुनि काट्ने सपना देखेकी नानी शोभाको नौनी जस्तो मनलाई चाहेर पनि भुल्न सक्ने निष्ठूरीपन् थिएन म मा । जसो तसो रात विताएँ विहानै गौरीगंजवाट अग्नियातायात हरन वजाउँदै आफ्नै गतिमा दौडिएर घर नजिकै आयो मैले पनि वुवा आमालाई श्रद्धा पूर्वक दसैन गरेर विदाहुदै वस्मा चढ्दै थिएँ उता वुबाले भन्नु हुंदै थियो …ए वावु कहिले कसो आउँदै गर्नु है । हुन्छ वुवा हुन्छ भन्दै झ्याल वाट हात निकालेर विदाइको हात हल्लाउँदै मिर्चैया तिर लागें । विहानको ८ वज्दै थियो । तिब्रगतिमा दौडिएको बस मिर्चैया वजार पुगेर रोकियो । हतारीदंै गुरुजीलाई भने गुरु म यहि ओर्लिन्छु । गुरुजीले भन्नु भयो ओ हो हेटौडा सम्म संगै जानेहोला भने हजुर त यही ओर्लिन्छु भन्दै हुनु हुनुहुन्छ । ल ल गुरु भोली भेटौंला भन्दै वसलिएर जानु भयो । म पनि मिर्चैया वजार देखी कटारी चौक नजिकैको होटलमा खाजा खान वसें भोक तिर्खा भन्दा पनि नानी शोभालाई भेटेर के भन्ने होला के साइनो लगाउँने कसरी बोलाउँने होला मैले चिनेर वोलाउँदा पनि चिन्दीन भन्ने हुन्की यदी चिन्दीन भनिन् भने म यहा सम्म आएको के अर्थ होला । आखिर जे जस्तो भएपनि एक पटक देखें मात्रै उन्ले चिन्दिन भनेर धरै पाउँदिनन् मैले याद दिलाउँनु छ त्यो दिन्को जुन दिन् गिलाश भरी दुध दिएर भनेकी थियौनी मलाई नभुल्नु है भनेर हो त्यही सडकछाप ड्राइभर दाई हुं भनेर … मैले उनिसंग माफी माग्नु पर्नेछ कतै कुनै मेरो गल्तिले उन्को मनमा गहिरो घाउ लाग्यो म माफी माग्न लायक रहदिन अरु मेरो विकल्पनै के थियो र वास त्यति मात्रै हो । मेरो कारणले स्वर्ग जस्तो उन्को घर कतै उराठ मरुभुमिमा परिणत भयो भने म मानव भएर यो धर्तिमा रहनु उचित हुनेछैन त्यसैले एक पटक मेरो वारेमा सोचेर आफ्नो घर वर्वाद नपार्न आग्रह गर्छु । आखिर मायाँगर्नलाई एकले अर्कोलाई पाउँनै पर्छ भन्ने छैन मायाँनै गर्नु त होनी साथीको रुपमा पनि मायाँ गर्नु सकिन्छ यदी मिल्छ भने अशल साथीको रुपमा मायाँ गर हर्षित हुनेछु म पनि हरपल साथीको रुपमा मायाँ गरीरहने प्रण गर्छु । भौतिक रुपमा धेरै पर भएपनि मानसिक रुपमा साथीको मन साथी संगैहुन्छ भनेर विश्वास दिलाउँछु भन्दै मन वलियो वनाएर मिर्चैया वजार सारा चाहारे तर कतै नाम निसाना पाउँन सकिन । दिन् भरी खोजी गर्दा गर्दा केही चलेन उन्को घर कहानिर छ त्यति सम्म पनि थाहा नभएपछि थकित हुंदै होटलमा गएर वास वस्ने अनुमति लिएँ । कतै यही वरी परी नानी शोभाको घर रहेछ भने विहानै धारामा पानी लिन आँउछिन् त्यस पछि त भेट होलानी । उनि मेरी हुन सक्दीनन् म उन्को हुन सक्दीन मलाई राम्रो संग थाहा थियो तर पनि उन्ले माइतीघरमा बोलाएर मेरो हातमा मायाँको स्पस्रले च्याप्प कसेर भनेकी थिइन् ।अब हामी एउटै रथका दुइवटा पांग्रा हुनु पर्छ परवाको जोडी भएर खुल्ला आकाशमा उड्नु पर्छ..
ड्राइभर दाई हजुरले घरमा श्रीमति छन् छोराछोरीछन् भनेर पन्छाउँन पाउँनु हुन्न म त हजुरकी हुन सकिन भने आत्मा हत्या गर्दीन्छु । भए हजुर नभए उस्को पनि हन्न । वास यिनै कुराले सताएर भोक तिर्खा सबै पाखा लाग्यो । खाना नखाई रात विताएँ । भोली पल्ट विहानै उठ्ने साथ श्री गोरखकाली भाकेर भने । हे प्रभु म यहाँ सम्म कुनै गलत विचार लिएर आएको हैन ।मन्को साथीलाई भेटेर केही हौसला दिनु सक्छुकी भनेर आएको थिएँ । तर मेरो भाग्यमा खुसिको पल उसैदिन् सकिएछ । जुन दिन् नानी सोभाले एकगिलास दुध दिएर विदा गरेकी थिइन् । सायद त्यहि दिनको भेटनै अन्तिम भेटरहेछ……………………….

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने

गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र