“प्रेम” – जुनिता सुब्बा (ढकाल)

११ असार २०६९, सोमबार २०:०२ मा प्रकाशित

नदीको किनारमा
बगेको पानि निरन्तर हेरें
हजार पल्ट
हजार रुप दिए
कैले उफ्रियो
कैले उर्लियो,
कैले छचल्कियो
कैले बाडी
कैले बर्षा
कैले खडेरी
कैले सुख्हा
कैले फुट्यो त
कैले भत्क्यो
दर्दनाक डरलाग्दो आवाज दियो

आकासका किनारबाट
आकासलाई निरन्तर हेरिरहे
कुहिरो लग्यो
बादल छायो
कहिले घामको चमक
ताराको घर
जुनको रात
इन्द्रेणी छाँया
अधेंरी रात
आकासको कोलाहल
कैले हावा
कैले हुरी
म आकास, म सगर
हेरिरहें,
र महसुस गरें
मान्छेको अपरिपक्क अनुभूति ,संवेदनाहिन,बेहोसी,
मृत प्रेम पनि यस्तै होला
कैले जोडिन खोज्छ ,जोडिन्छ
कैले तोडिन खोज्छ ,तोडिन्छ
कैले जोडिन्छ तोडिन्छ
टुट्छ
भत्कन्छ मनका महलहरु
उर्लिन्छ आसुँका भेलहरु
भौतारिन्छ चाहनाहरु
बहकिन्छ बेदनाहरु
खित्कंछ खित्काहरू
हजार पल्ट मर्छ
हजार पल्ट बाँच्छ
स्थिर रहनै सक्दैन
प्रेम समाहित नभएका
अनुभूत नभएका मान्छेहरु
तर,
प्रेम स्थिर हुन्छ
प्रेमले प्रेम गर्छ
प्रेम प्रेम बाट भाग्दैन
बिना आत्मज्ञान ,आत्मबोध
प्रेमले प्रेम लाई चिन्दैन (मान्छेले मान्छेलाई चिन्दैन)
अपरिपक्व प्रेम डराउदछ आफैबाट
आफूले आफुलाई जलाउदछ आफैबाट
आपनै घरमा आगो लगाउदछ आफैबाट

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने