नेपाली मूलका गैर आवासीय नेपाली कृष्णप्रसाद रेग्मी वेल्जियमको स्थानीय निर्वाचनमा

११ असार २०६९, सोमबार १९:२९ मा प्रकाशित

वेल्जियम । नेपाली मूलका गैर आवासीय नेपाली कृष्णप्रसाद रेग्मी {३८ वर्षीय} वेल्जियमको स्थानीय निर्वाचनमा यहाँको शक्तिशाली पार्टीका तर्फवाट जिल्ला काउन्सिलका लागि काउन्सिलर पदका लागि उम्मेदवार हुनु भएको जानकारी गराउछौ । प्रवासी नेपालीहरुको इतिहासमा नै रेग्मीले वेल्जियममा यहाँको सवै भन्दा ठूलो राजनैतिक दल NVA (http://www.n-va.be/) पार्टीका तर्फवाट उम्मेदवारी दिने अवसर पाउनु भएको हो । उहाँको नेपालमा घर चितवन जिल्लाको गुज्जानगर गाविस वडा नं ५ शशिनगर हो । सामान्य किसान परिवारमा जन्मनु भएका रेग्मी २००३ वाट लगातार वेल्जियममा वस्दै आउनु भएको छ । उहाँ पत्रकारिता क्षेत्रमा तथा कम्प्युटर सम्वन्धी क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँका श्रीमती र दुइ छोरीहरु सवै वेल्जियममा नै वसोवास गर्दछन ।

त्रिभुवन विश्वविद्यालयवाट अर्थशास्त्रमा स्नाकोत्तर सम्मको अध्ययन गरेका रेग्मी वेल्जियममा वोलिने फ्रान्स र वेल्जियन डच भाषामा समेत पोख्त हुनुहुन्छ । रेग्मी गैरआवासीय गतिविधिमा समेत संलग्न हुनुहुन्छ । उहाँ अहिले एनआरएनको अन्तराष्टिय समिति अन्तरगतको मिडिया टाक्सफोर्सको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

यहाँको स्थानीय निर्वाचन हरेक ६ । ६ वर्षमा हुने गर्दछ । छ वर्षका लागि हुने स्थानीय निर्वाचनमा उम्मेदवारी पाउने रेग्मी गैर आवासीय नेपालीहरुमा पहिलो हो । उहाँलाई वेल्जियमको सवै भन्दा ठूलो राजनैतिक दल एनभिएले कुल २५ सदस्यीय उम्मेदवारमा उहाँलाई पार्टीको ११ वरियात क्रममा राखेको छ । स्मरणीय के छ भने वेल्जियमको निर्वाचन प्रणाली समानूमापतिक लिष्ट सिस्टमको हो ।

जुन महिनाको २३ तारिखका दिन यस जिल्लामा भएको उम्मेदवार परिचयात्मक कार्यक्रम तथा निर्वाचनको अभियानका क्रममा एनभिए पार्टीका केन्द्रीय पार्टी सभापति (Bart De wever) वार्थ दे वेभेरले सवै २५ सदस्यीय उम्मेदवारहरुको परिचय गराउनु भएको थियो । रेग्मी लगायत यस पार्टीका सम्पूर्ण उम्मेदवारहरुले जिल्लाको मुख्य क्षेत्रहरुमा निर्वाचन प्रसार प्रसारलाई तिव्रता दिनु भएको छ ।
रेग्मी सो पार्टीको सवै भन्दा पपुलर उम्मेदवारका रुपमा देखिएका छन तल भिडियो हेर्नुहोस । हाल सम्म भएका विभिन्न मत सर्वेक्षणहरुमा एनभिए पार्टी सवै भन्दा सशक्त रुपमा देखिएको छ । पार्टीले कम्तिमा ४० प्रतिशत मत मात्र प्राप्त गर्दा पनि रेग्मीको विजय सुनिस्चित जस्तै देखिएको छ ।

वेल्जियममा हाल करिव ५ हजार जति नेपालीहरु वसोवास गरे पनि कानूनी रुपमा करिव २ हजार मात्र नेपालीहरुको तथ्यांक सरकारी निकायमा छ भने करिव एक हजार जतिले मात्र यस पटकको स्थानीय निर्वाचनमा भाग लिन पाउने छन । वेल्जियममा नागरिकता लिइसकेका र वेल्जियन नागरिकहरुलाइ मतदान अनिवार्य छ । मतदानमा प्रकृयामा भाग नलिएमा वेल्जियममा मतदातालाइ आर्थिक जरिवाना लाग्छ । त्यसैले वेल्जियम विश्वकै सवै भन्दा धेरै मतदान हुने देशहरु मध्येमा पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न