
क्यालिफोर्निया । ९६ वर्षीय अत्यन्त आदरणिय अन्तर्राष्ट्रिय व्यक्तित्व, बरिष्ठ प्राध्यापक चार्ल्स टाउन्सले दार्चुला धारी गाविस निवासी अमर बमको हृदय बिदारक विवरण सुने पछि निज अमर निर्दोष भएको विश्वास गर्दै उनलाई बचाउन पहल गर्नु भएको छ।
ईस्लामिक कानुन अनुसार दिवंगतका परिवारले माफी दिएमा अमर सजिलै छुट्ने कुरा थाह पाए पछि उहाँले शेट्टिको परिवारलाई सम्बोधन गर्दै अमरलाई बचाउन एक मर्मस्पर्शी अनुरोधपत्र लेख्नु भएको छ। सो पत्र नेपाल विश्व सहयोग संघका संस्थापक एवम अन्तर्राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु तथा सेभ अमर अन्तर्राष्ट्रिय नेट्वर्कका संयोजक युवराज कार्कीको अनुरोधमा लेख्नु भएको हो। विभिन्न ख्याती प्राप्त व्यक्तित्वहरूलाई सम्पर्क गर्ने क्रममा उहाँलाई भेट गर्न अन्तर्राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु, उहाँकी धर्मपत्नी तथा लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णकी निर्वाचित द्वितिय उपाध्यक्ष लायन हेमा पनेरु तथा संयोजक युवराज कार्कीले टाउन्सलाई भेटेर अमरको बारेमा विस्तृत जानकारी दिँदै उनलाई छुटाउन पहल गर्न अनुरोध गरेका थिए।
१९६४ का नोबेल पुरस्कार बिजेता चार्ल्स टाउन्सले लेजर र मेजर लगायत कैयौं वैज्ञानिक आविस्कार गर्नु भएको थियो। टाउन्सले नोबेल पुरस्कारका अतिरिक्त प्रतिष्ठित टेम्लेटन पुरस्कार लगायत थुप्रै पुरस्कार र ३२ वटा मानार्थ विध्यावारिधी पाउनु भएको छ।
दिवंगत शरद शेट्टिका आधिकारिक प्रतिनिधिलाई सम्बोधन गर्दै चार्ल्स टाउन्सले भन्नु भएको छ, ” मलाई शेट्टी परिवार प्रति ठुलो सहानुभुति छ। शरद शेट्टीलाई फर्काउन असम्भव छ, तर दिवंगत आत्माको शान्तिको लागि एक निर्दोष मानिस सजायमुक्त हुनु पर्छ। म मानवता र सर्वशक्तिमान परमेश्वरको नाउँमा उहाँसँग सम्बन्धित सबैलाई अमरलाई छुटाउन सहयोग गर्न अनुरोध् गर्दछु।” प्राप्त जानकारी अनुसार टाउन्सले युएईका राष्ट्रपती शेख खलिफा र प्रधान मन्त्री शेख मुहम्मदलाई पनि निर्दोष अमरलाई माफी दिन अनुरोध गर्दै युएस एक्स्प्रेस मेल मार्फत पत्र पठाइसक्नु भएको छ।
कठिन प्रयासपछि शेट्टीको पारिवारिक सुत्र पत्ता लाएपछि नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा सेभ अमर इन्टर्न्यास्नल नेट्वर्कका कार्यकारी निर्देशक राजेन्द्र देवकोटाले एनएजीसी दक्षिण एसिया च्याप्टरका महासचिव सुरेश पनेरुलाई वार्ताको वातावरण बनाउन निर्देशन दिए अनुसार पनेरु शेट्टीको परिवारलाई भेट्न बेङ्लोर भारत जाँदै हुनुहुन्छ । हालसालै देवकोटा अमर बमको परिवारको बस्तुस्थिती बुझ्न दार्चुला गै नेपाल विश्व सहयोग संघको तर्फबाट तात्कालिन राहत स्वरुप रु. पचास हजार प्रदान गर्नु भएको थियो।
प्रतिक्रिया
सम्बन्धित खवर
न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा
अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड
न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट
काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी