हङकङमा नेपाली साहित्य विमर्श तथा भेटघाट सम्पन्न

११ असार २०६९, सोमबार १९:२२ मा प्रकाशित

हङकङ । सन् २०१२ मे महिनाको अन्तिम आइतबार देखि हङकङमा नेपाली साहित्य विमर्श तथा भेटघाट श्रृङखला १ बाट सुरु भएको विमर्श तथा भेटघाट श्रृङखला २ आज सन् २०१२ जुन २४ तारिख आइतबारको दिन साब्लाबुङ साहित्यिक पत्रिकाका सम्पादक राज कुमार राईको निवासमा सम्पन्न भएको छ। नेपाली साहित्य लेखनको नयाँ पाटा,पाठक र लेखक विचको समन्वय, हङकङमा नेपाली साहित्य लेखनको तिब्रता, नयाँ पुस्तक प्रकाशनको पठन, हङकङमा नेपाली साहित्य नयाँ पुस्तामा हस्तन्तरण,लेखन क्रियाशिलता आदि बारेमा ब्यापक मन्थन गरीयो।

बिमर्श कार्यक्रमसंगै सिर्जना बाचन समेत गरिएको थियो। उक्त कार्यक्रममा साहित्यकारहरु टंक सम्वाहाम्फे, नरेश सुनुवार, टोप ब.राई, डि.बि.लिम्बु, देश सुब्बा, दीपा एवाराई राई, मोती चाम्लिङ, राज कुमार राई, सागर राई, चन्द्र मादेन आन्छन्, विमल राई, सन्तोष याखा, त्रिभुवान लम्फुङवा, विमल थापा, राजु आङदेम्वे सहभागी हुनुहुन्थ्यो। हङकङमा नेपाली साहित्य श्रीबृद्धिको लागि साहित्यिक संघसंस्थाहरुलेअन्य साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आए पनि यस प्रकारको श्रृङखला भने गरिएको थिएन। यस साहित्यिक विमर्श र भेटघाट कार्यक्रम उपलब्धिमूलक भएको सबै साहित्यकारहरुले निस्कर्ष निकाले। अव गरिने साहित्य विमर्श तथा भेटघाट श्रृङखला ३ मा बिभिन्न एजेण्डा सहित बिमर्श गरिने निचोडमा पुगेका छन्। यो साहित्य विमर्श तथा भेटघाट श्रृङखला निरन्तर मासीक रुपमा गरिने निर्णय गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने