अमरलाई मृत्युदण्डबाट बचाउन पहल अपिल

११ असार २०६९, सोमबार १७:११ मा प्रकाशित

काठमाडौं ११ आषाढ । अमर बचाउ अभियानले दुवईकोे जेलमा मृत्युदण्डको सजाय भोगिरहेका  अमरबहादुर बमको जीवन रक्षाको लागि तत्काल पहल गर्न सरकारसँग अपिल गरेको छ ।
रोजगारीको सिलसिलामा दुवई पुगेका अमरलाई इण्डियन सोसल क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्यामा संलग्न भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकोमा  बचाउ अभियानले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर उनको  जीवन रक्षाको लागि अपिल गरेको हो ।
सेठ्ठीको हत्यामा अमरलाई थाहै नदिई सवारी चालकका रुपमा प्रयोग गरिएको र सरकारी काम काजको भाषा अरबी समेत उनलाई नआएको कारण उनले आपूmलाई निर्दोष सावित गर्न नसकेको भन्दै पत्रकार सम्मेलनमा उनको जीवन रक्षाको लागि अपिल गरेको हो ।

अदालती प्रकृयामा आप्mना कुराहरु राख्न नपाउँदा अमर निर्दोष हुँदाहुँदै पनि मृत्युदण्डको सजाय भोग्न बाध्य पारिएको र गोली हान्ने भारतीय नागरीक करण र मनोजले समेत आपूmहरुको योजनाबारे अमर बेखबर रहेको र उनी निर्दोष रहेकोले माफी दिन दुबई अदालतलाई लिखित पत्र लेखिसकेको अवस्थामा अमर सरकारले पहल नगर्दा जेल जीवन विताउन बाध्य भएको बचाउ अभियानका संयोजक अनिल उपाध्ययले गुनासो गरे ।
पत्रकार सम्मेलनमा बोल्दै भूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशीले निर्दोष नेपाली नागरिक अमर बमलाई फसाईको स्पष्ट भैसकेको उल्लेख गर्दै उनलाई मृत्युदण्डबाट बचाई रिहाई गराउन आप्mनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले त्यसका लागि मानव अधिकारवादी, नागरिक समाज सबैको सक्रिय पहलको आवश्यकता समेत जोड दिए ।
एनआरएन महासचिव तेञ्जी शेर्पाले नेपाल सरकारको तर्फबाट सहयोग र समन्वयको अभावले अमर निर्दोष हुँदा हुँदै पनि कानुनी कठघरामा उभिएको भन्दै एनआरएनको तर्फबाट उनलाई बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार सम्मेलनमा राजेन्द्र कुँवर, अनुषा ढुंगाना, हरिप्रसाद अवस्थीले पनि निर्दोष अमरको रिहाईमा सरकारले चासो नदिएको प्रति आक्रोश व्यक्त गर्दै सरकार अभैm चासो नदिए सिंह दरबारको गेट ढक्ढक्याउने चेतावनी दिए
२००३ जनवरी २५ मा भारतीय नागरिकहरु मनोज मुदना, करन सिंह र स्मद कुलत संगै पक्राउ परेका अमरलाई सवारी चालकको रुपमा काम गरेको भन्दै दुवई अदालतले मृत्यृदण्ड दिने फैसला सुनाएको थियो ।

ससवारी चालकको रुपमा काम गर्दै आएका अमरलाई सोही क्लब

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा