प्रधानमन्त्री भट्टराईको सरकार राजनीतिक निकासकोलागी बाधक बनेको एमाले अध्यक्षको दावी

११ असार २०६९, सोमबार १६:५९ मा प्रकाशित

काठमाडौ, ११ असार ।  नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुकलाई राजनीतिक निकास दिन अहिलेको सरकार बाधक रहेको आरोप लगाएका छन् ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा खनालले मुलुकलाई निकास दिन राष्ट्रिय सहमति निर्माणका लागि प्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्काल राजिनामा दिनु पर्ने बताए ।
उनले प्रधानमन्त्रीले तत्काल बालुवाटार छाडे दलहरु संबैधानिक संकट समाधानकोलागी अगाडि बढ्न सक्ने सम्भावना औल्याउँदै  संकट समाधानकोलागी दलहरुवीचको सहमतिको विकल्प नरहेको स्पष्ट पारे ।
वर्तमान प्रधानमन्त्री को कारणले देश संवैधानिक संकटमा फसेको दावी गर्दै अध्यक्ष खनालले अर्को निर्वाचन गराउने बहानामा नयाँ संविधान घोषणा नै नगरी संविधान सभा अवसान गराईएको आरोप लगाए ।  उनले सरकारले मंसिरमा नयाँ निर्वाचनको मिति घोषणा गरे पनि त्यसका लागि कुनै पूर्वाधार र सम्भावना नरहेको समेत स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको