नेपाल टेलिकमद्धारा ७ अर्बको मोबाइल उपकरण खरिदकोलागी चिनियाँ कम्पनीसँग सम्झौता

११ असार २०६९, सोमबार १६:५६ मा प्रकाशित

काठमाडौ, ११ असार ।  नेपाल टेलिकमको स्तर सुधारकोलागी लामो समयदेखि खरिद गर्ने प्रयास गरिए पनि कानूनी समस्याका कारण सम्झौता हुन नसकेकोमा आज  झण्डै सात अर्ब रुपैयाँको मोबाइल उपकरण खरिद गर्न चीनयाँ कम्पनी  हुवावेसँग सम्झौता गरेको छ ।
टेलिकमले हुवावेसँग ६ अर्ब ७४ करोड रुपैयाँमा ४८ लाख मोबाइल किन्ने सोमबार सम्झौता गरेको हो । सम्झौतमा टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंह र हुवावेका कमर्सियल मेनेजर लियन छि छाङले हस्ताक्षर गरेका छन् ।
हुवावेबाट आउने उपकरण काठमाडौं, पोखरा र भैरहवामा जडान गरिनेछ । यी उपकरण हुवावेले दुई वर्षभित्र टेलिकमलाई आपूर्ति गरिसक्नु पर्नेछ भने जडान सकिएको पाँच वर्षसम्म हुवावेले निशुल्क मर्मत सम्भार गरिदिनुपर्ने  छ ।
टेलिकमले किन्न लागेको एक करोड लाइनमध्ये हुवावेको भागमा परेको ४८ लाख लाइनको लागी सम्झौता गरेको हो । हुवावेले दिने ४८ लाख लाइनमध्ये आधा दोस्रो पुस्ता, ४५ प्रतिशत थ्रीजी र बाँकी एलटीई छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ