प्रधानमन्त्रीद्धारा अहिले राजिनामा नदिने स्पष्ट

११ असार २०६९, सोमबार १६:५१ मा प्रकाशित


काठमाडौ, ११ असार ।  प्रधानमन्त्री बाबुराम भट्टराईले निर्वाचनबाट नयाँ चुनिएर आएको नयाँ प्रधानमन्त्रीलाई मात्रै सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका छन् ।  ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न दिगो विकास सम्बन्धी सम्मेलनमा सहभागी भएर स्वेदेश फर्किने क्रममा विमानस्थलमा प्रधानमन्त्रीले राजीनामा कसैले माग्दैमा राजिनामा दिई हाल्नु केटाकेटीको खेल जस्तो नभएको बताए ।
तत्काल दलहरुले मागे जस्तो राजिनामाको कुनै सम्भावना नभएको भन्दै उनले  भने– कसैले रोएर माग्दैमा म राजिनामा दिन्न । संवैधानिक निर्वाचनपछि मात्र अर्को सरकार बन्छ र त्यसलाई सत्ता हस्तान्तरण गरिन्छ ।
उनले अन्तरिम संविधानमा संसोधन गरेर भए पनि मंसिर ७ गते निर्वाचन गराएरै छाड्ने दृढता ब्यक्त गर्दै  दलहरुवीचको सहमतिकै आधारमा निर्वाचनमा सम्पन्न गर्ने बताए ।
उनले अध्यादेशमार्फनै बजेट ल्याउने समेत सो अवसरमा दावी गरे । आफ्नो ब्राजिल भ्रमण अत्यन्तै महत्वपूर्ण भएको उनको दावी थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर