स्वदेश फर्किएलगत्तै प्रधानमन्त्रीले राजीनामाबारे छलफल गर्ने

११ असार २०६९, सोमबार १३:५४ मा प्रकाशित

काठमाडौं, ११ असार । ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न दीगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलन जियो प्लस ट्वान्टीमा सहभागिता जनाएर प्रधानमन्त्री भट्टराई आज पौने तीन बजे जेट एयरवेजबाट काठमाडौं आइपुग्दै हुनुहुन्छ । साता दिनअघि विदेश प्रस्थान गर्न लाग्दा व्यहोर्नुपरेको कालो झण्डासहितको विरोध प्रधानमन्त्री भट्टराईले फर्कंदा पनि सामना गर्नुपर्ने भएको छ । नेपाली कांग्रेस र एमालेका कार्यकर्ताहरुले विरोधको तयारी पूरा गरिसकेका छन् भने त्यसको प्रतिरोधका लागि गरिएको सुरक्षाकर्मीहरुको तैनाथीले त्रिभुवन बिमानस्थल क्षेत्रमा आज पनि झडप हुने सम्भावना बढाएको छ ।
यता राजिनामा दिएर सहमतिको ढोका खोल्न परिरहेको चौतर्फी दबावका कारण प्रधानमन्त्री डा. भट्टराईले राजिनामाको मनस्थिति बनाउनुभएको उहा“का निकटवर्ती स्रोतको कथन छ । तर विपक्षीहरुले भने भट्टराईले सजिलै राजिनामा नगर्ने अनुमानका साथ विरोध कार्यक्रमको तयारी गरिरहेको बुझिएको छ । स्वदेश फर्केलगत्तै मन्त्री परिषद्को बैठक राखेर राजिनामाबारे प्रधानमन्त्रीले छलफल गर्ने सम्भावना रहेको पनि बालुवाटार स्रोतले जनाएको छ ।
यसैबीच पुनर्गठित नेकपा–माओवादीका नेता सिपी गजुरेलले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट हटाउने कार्यमा आफ्नो पार्टीले जुनसुकै दलस“ग सहकार्य गर्ने दाबी गरेका छन् । नेकपा–माओवादीले तत्काल अन्य दलस“ग मोर्चाबन्दीको तयारी नगरिएको भए पनि प्रधानमन्त्री हटाउने कार्यमा भने सहकार्य गरिने सोच बनाएको उनले दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१

आजको प्रमुख समाचार