वैदेशिक रोजगार विभागमा नक्कली स्टिकरको विगविगी

११ असार २०६९, सोमबार १३:१७ मा प्रकाशित


काठमाडौं, ११ असार । वैदेशिक रोजगार विभागमा नक्कली स्टिकरको विगविगी बढेको छ । गत साता विभागका निर्देशक सूर्य प्रसाद भण्डारीले त्रिभुवन विमानस्थलबाट आधादर्जन नक्कली स्टिकर लगाएका आधादर्जन पासपोर्टसहित सम्वन्धित व्यक्तिलाई समाते पनि ठूलो रकम घुष लिएर उनीहरुलाई छाडिएको श्रोतले दाबी गरेको छ । विभागले जारी गरेको स्टिकर नै श्रमस्वीकृतिको अन्तिम स्टिकर हो ।
विभागले गत महिनामात्र उसको एकल निर्णयले पुरानो स्टिकरको ठाउँमा नयाँ स्टिकरबाट श्रमस्वीकृति दिन शुरु गरिएको थियो । भ्रष्टाचार गर्ने नियतले नै सार्वजनिक रुपमा सूचना÷वोलपत्र आव्हन नगरी सर्वसाधारण नागरिकमाथि खेलवाड गरिएको छ । नक्कली स्टिकरको प्रयोग गरेर रोजगारीकोलागि विदेशीने नेपालीहरुको सरकारसँग कुनै रेकर्ड रहँदैन भने उनीहरुले नेपालको विमानस्थल प्रयोग, राजस्व, विमा लगायतका सुरक्षित उपायबाट बन्चित हुनुपर्ने हुन्छ ।
वैदेशिक रोजगारको क्षेत्रमा श्रमस्वीकृति प्रदान गर्ने र नियमन गर्ने एकमात्र निकाय वैदेशिक रोजगार विभागको लापर्वाहीकै कारण सयौं नेपाली विदेशी जेलमा सडेर बसेका छन । हजारौंको संख्यामा महिलाहरु अनैतिक काम गर्न वाध्य भएका छन भने सयौंको ज्यानै गएको छ ।
भ्रष्टाचार गर्ने नियतले नै सजिलै बनाउन सक्ने साधारण खालको स्टिकर विभागले बाहिर ल्याएको हो । प्रविधिको आधुनिक युगमा गलत काम हुनेगरेको विभागको पुरानो अनुभव हुँदाहुँदै सर्वसाधारण नागरिकको भविष्य र ज्यानमाथि खेलवाड गर्ने काम गर्नु आँपैmमा पनि लज्जास्पद कुरा हो । यस भन्दा पहिला पनि नक्कली स्टिकरको प्रयोग गरिएको र विभागले नै त्यस्ताखाले नक्कली स्टिकरहरु बरामद गरेको थियो ।
विभाग सर्वसाधारण नागरिकप्रति जवाफदेही हुने हो भने अन्तराष्ट्रिय मल्टिनेश्लन कम्पनीहरुविच प्रतिष्पर्धा गराएर स्टिकर छाप्न र गोप्यता राख्न सक्छ । पहिला दैनिक बीसौंलाख अहिले दसौंलाख घुषवापतको रकम उठ्ने ठाउँमा दैनिक दुईहजारको हाराहारीमा नेपाली वैदेशिक रोजगारीकोलागि जाने गरेका छन् भने मासिक अवौंको राजस्वमात्र उठ्ने गरेको छ । यो राजस्व वापतको रकम कल्याणकारी कोषमा जम्मा हुने गर्दछ ।
श्रोतका अनुसार वैदेशिक रोजगार विभागमा हुने गरेका अनियमितताका समाचार नियन्त्रण गर्न जिम्मेवार पदाधिकारीको निर्देशनमा लाखौं रकम अनियमित तरिकाले भुक्तान गरिएको थाहा हुन आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले