युरोकपमा इटली अन्तिम चारमा

११ असार २०६९, सोमबार १२:१६ मा प्रकाशित

काठमाडौ, ११ असार । १४ औ युरोकप फुटबल प्रतियोगितामा इटली अन्तिम चारमा स्थान पक्का गरेको छ । गएराति भएको अन्तिम क्वाटरफाइनल खेलमा इटलीले इङ्ल्याडलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै जर्मनीसगँको भेट पक्का गरेको हो । निर्धारित र थप समयमा दुबै तर्फबाट गोल रहित बराबरीमा खेल सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको हो । इटली दोस्रो सेमिफाइनलमा १४ गते राती जर्मनीसगँ फाइनल प्रवेशका लागि भिड्ने छ । यसअघि स्पेन, पोर्चुगल सेमिपफाइनल प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको