पूर्व प्रधानमन्त्री नेपाल चीन जाँदै

११ असार २०६९, सोमबार १२:१५ मा प्रकाशित

काठमाडौ । नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज चीन प्रस्थान गर्दै हुनुहुन्छ । ‘सेकेन्ड इन्टरनेसनल कन्फरेन्स अन इको सेफ्टी एन्ड इल्डर्ली हेल्थ फोरम’ मा भाग लिन उहाँ आज राती नौ बजे चीनको सिचुवान प्रान्तको चेङ्दुतर्फ जान लाग्नुभएको हो ।
पूर्व प्रधानमन्त्री नेपालले इन्टरनेसनल इको सेफ्टी को–अपरेटिभ अर्गनाइजेसन (इस्को) द्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँ इस्कोको सहअध्यक्ष हुनुहुन्छ । चीनमा रहँदा उहाँको विभिन्न मुलुकका नेताहरुसँग भेट हुनेछ । उहाँ एक सातापछि स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ