नेकपा माओवादीको केन्द्रीय समितिको बैठक

११ असार २०६९, सोमबार १२:१५ मा प्रकाशित

नव गठित नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । हिजोको लागि बोलाइएको केन्द्रीय समितिको बैठक पोलिटब्यूरो बैठक लम्बिएकोभन्दै आजसम्मको लागि स्थगित गरिएको थियो । वैचारिक, राजनीतिक र साङ्गठनिक सङ्घर्षका कार्यक्रम, राज्य समिति गठन लगायतको विषयमा बैठकमा छलफल हुने पोलिटब्यूरो सदस्य हरिभक्त कंडेलले जानकारी दिनुभयो । केन्द्रीय समितिमा छलफल गर्ने एजेण्डाहरु पोलिटब्यूरो बैठकले तय गरिसकेको छ । हिजोको माओवादी पोलिटब्युरो बैठकले तत्कालका लागि केन्द्रीय समिति विस्तार नगर्ने निर्णय गरेको थियो । फागुन १ गते महाधिवेशन तोकिसकेको अवस्थामा तत्कालका लागि केन्द्रीय समिति विस्तार नगर्ने निर्णय भएको बताइएको छ । एकीकृत माओवादीबाट विभाजित भएपछि नेकपा–माओवादीको आज पहिलो बैठक बस्न लागेको हो । हिजोको पोलिटब्यूरो बैठकमा पार्टीका नेताहरुको जिम्मेवाी हेरफेरको बारेमा कुराकानी भए पनि पोलिटब्यूरो सदस्य खड्कबहादुर विश्वकर्माले निर्णय भने केन्द्रीय समितिले गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार