प्रधानमन्त्री भट्टराई स्वदेश फर्कदै

११ असार २०६९, सोमबार १२:१४ मा प्रकाशित

करिब एक साता लामो ब्राजिल भ्रमण सकेर प्रधानमन्त्री डा बाबुराम भट्टराई आज स्वदेश फर्कदै हुनुहुन्छ । प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार प्रधानमन्त्री दिउँसो पौने ४ बजे नेपाल आइपुग्नुहुने छ । रियो दि जेनेरियोमा भएको अन्तर्राष्ट्रिय वातावरण तथा दिगो विकाससम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री भट्टराई सहित नेपाली अधिकारीहरुको टोली गएको ४ गते ब्राजिल गएको थियो । विपक्षी दलका भ्रातृ सङ्गठनहरुले भने प्रधानमन्त्री भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाउने तयारी भएको बताएका छन् । ब्राजिलमा भएको सम्मेलनको अवसर पारेर बिभिन्न देशका राष्ट्र प्रमुख तथा उच्च अधिकारीहरुसँग प्रधानमन्त्री भट्टराईले भेटघाट तथा छलफल गर्नु भएको थियो । सम्मेलनमा विश्वका झण्डै १ सय ५०  देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखले भाग लिएका थिए । स्वदेश फर्के लगत्तै प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार गठन, आगामी आर्थिक वर्षको बजेट तथा राजनीतिक र संवैधानिक संकट निवारण गर्ने बारेमा विशेष कदम चाल्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले जानकारी दिनुभया ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा