एशिया म्युजिकल फेस्टिबलमा प्रथम नौमती बाजा

१० असार २०६९, आईतवार १९:०३ मा प्रकाशित

धर्मराज अधिकारी, फार्नबरो, लण्डन । लण्डन ओलम्पिक नजिकिंदै गर्दा बेलायतभर यसको खुशीयालीमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

यसै सन्दर्भ पारेर ह्याम्सायर काउन्टी काउन्सीलले एकैसाथ संगीत भन्ने नाराका साथ एशियन म्युजिक फेस्टिबलको आयोजना गर्यो । सो म्युजीक फेस्टिबलमा प्रथम नौमती बाजा गुल्मी युके सहभागि भएको थियो । गुल्मी जिल्ला समाज युकेका अध्यक्ष ओमप्रसाद थापाको नेतृत्वमा सहभागि नौमती बाजा टिमले करीब पौने घण्टासम्म सहभागि भएका बेलायती दर्शकहरुलाई मनोरञ्जन दिएको थियो ।

कार्यक्रममा सहभागीहरुले नेपाली नौमती बाजासंगै छमछमी नाचेका गुल्मेली महिला तथा पुरुषहरुलाई घत मानी मानी हेरेका थिए । अन्य समुदाय तथा ब्याण्ड भन्दा पृथक देखिएको थियो नौमती बाजा समुह । नेपाली पोषाकमा ठांटिएर गएका समुहका सदस्यहरुले नेपाली र बेलायती राष्ट्रिय झण्डा बोकेका थिए ।

उनीहरुले बाजाको तालमा गितसहित समुहका महिला तथा पुरुष सदस्यहरुलाई नचाएका थिए । नेपाली परम्परागत विवाह समारोहमा जस्तै उनीहरुले नरसिंह, सनइ, टेम्को, दमाहा आदी बाजा बजाए ।

कार्यक्रमपछि बोल्दै गुल्मी जिल्ला समाजका अध्यक्ष ओम प्रसाद थापाले ओलम्पिक खेलको पुर्वसन्ध्यामा हयाम्सायरले आयोजना गरेको कार्यक्रममा नौमती वाजा युकेले सहभागिता जनाएको बताए । उनले ह्याम्सायर काउण्टीमा भएका विभिन्न ब्याण्डहरुसंगै नेपालीहरुको नेतृत्व गर्न गुल्मी समाज सफल भएको जानकारी दिए ।
बाजाका संयोजक टोप कल्लीले नेपाली पहिचान र संस्कृतिलाई बेलायती सामु पुर्याउन आफुहरुको प्रयास रहेको जानकारी दिए । उनले नेपाली पोषाक, झण्डा र बाजाकासाथ आफुहरु सहभागिभएको बताउंदै यसले नेपालमा सांस्कृतिक पर्यटनको विकासमा टेवा पुग्नसक्ने विश्वास लिए ।

काउण्टी काउन्सीलका कल्चरल संयोजक क्याभिन रोजर ले नेपाली ब्याण्डसंग सहकार्य गर्न पाउंदा खुशी लागेको बताए । लण्डन ओलम्पिक २०१२ लाई भव्य रुपमा सफल पार्न यसको पुर्वसन्ध्यामा कार्यक्रम आयोजना गरीएको उनले जानकारी दिए । उनले यस कार्यक्रममा एशियाभरका विभिन्न देशका अलावा स्कुल तथा कलेजका ब्याण्डहरुपनि सहभागी भएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी