
काठमाडौ, १० असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक दलहरुवीच सहमति भए मात्रै पूर्ण बजेट ल्याउन सम्भव रहेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष खनालले कामचलाउ सरकारले पूर्ण बजेट ल्यानै नसक्ने भन्दै यस्तो सरकारले सहमति विना ल्याउने पूर्णबजेट एमालेलाई मान्य नहुने स्पष्ट पारे ।
उनले राष्ट्रिय सहमतिबाट नै बजेट ल्याउनु पर्नेमा जोड दिदै सहमतिका साथ बजेट ल्याउन र त्यसको कार्यान्वयन गर्न व्यवसायीको भूमिका महत्वपूर्ण हुने भएकोले उद्योगी ब्यवसायीहरुलाई त्यस्तो भूमिका खेल्न आग्रह पनि गरे ।
ब्यवसायीहरुले भने मुलुकको आर्थिक क्षेत्रको हितकोलागी पूर्ण बजेट ल्याउनु पर्ने भन्दै विकास निर्माण र आर्थिक गतिविधी अगाडी बढाउन पूर्ण बजेटमै सहमति गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार
काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने
काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री प्रकरण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार