एसीसी यू १९ कममा नेपालको शानदार जित

१० असार २०६९, आईतवार १५:४६ मा प्रकाशित

काठमाडौ, १० असार । मलेसियामा जारी एसीसी यु १९ एसिया कप क्रिकेट प्रतियोगिताको आजको खेलमा  नेपाले मलेसिया विरुद्ध  १ सय ७ रनको फराकिलो अन्तरले जित दर्ता गराएको छ ।  टस जितेर ब्याटिङ रोजेको नेपालले  निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २४७ रन बनाएको हो । नेपालको इनिङमा सागर पुनले ४ चौका र ३ छक्कासहित ७० रन बनाए। त्यसैगरी राजेश पुलामी मगर र प्रदीप ऐरी ३९–३९ रन बनाए। त्यसैगरी  सुवास खकुरेलले ३३ रन, भुवन कार्र्कीले २३ र हसिम अन्सारीले २१ रन बनाएका थिए ।प्रत्यूक्तरमा जवाफी ब्याटिङ गरिरहेको घरेलू टोली मलेसिया ४३ ओभरमै सबै विकेट गुमाउँदै १ सय ४० रनमा समेटिएको थियो ।    नेपालाई सहज जीत दिलाउने क्रममा राहुल विश्वकर्माले सर्वाधिक  ५ विकेट हात पारेका थिए । त्यस्तै कप्तान पृथु बाँसकोटा र अभिनास कर्णले २–२ विकेट हात पारेका थिए ।  यसअघि सोही प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो । नेपालले  अब  तेस्रो खेल भारतसँग खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर