राष्ट्रपतिसँग भेटेर बैद्यले भने–प्रधानमन्त्रीलाई हटाएर गोलमेच सम्मेलन गर्नुस्

१० असार २०६९, आईतवार ११:४६ मा प्रकाशित


काठमाडौ, १० असार । एकीकृत नेकपा माओवादीबाट निर्माण भएको नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरण सहितका सो पार्टीका बरिष्ठ नेताहरुले आज राष्ट्रपति डा रामबरण यादवसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति डा यादवको निम्तामा अध्यक्ष बैद्य सहितका सो पार्टीका प्रभावशाली नेताहरु राष्ट्रपति कार्यालय शिलत निवास पुगेका हुन ।
भेटमा नेकपा– माओवादीका नेताहरु रामबहादुर थापा, नेत्रविक्रम चन्दलगायतका नेताहरु पनि सहभागी थिए । सोक्रममा  वैद्य पक्षधर नेताहरुले वर्तमान संकटको निकासका लागी गोलमेच सम्मेलनमार्फत नयाँ अन्तरिम सरकार गठनकोलागी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।
उनीहरुले काग्रेस र एमाले सहितको गठबन्ध सरकार विरुद्ध सडक संघर्षमा रहेको बेला अहिलेको सरकारले मुलुकको समस्या समाधान गर्न नसक्ने दावी गर्दै सबै राजनीतिक दलहरुको गोलमेच सम्मेलन गरेर सहमतिमा नयाँ राष्ट्रिय सहमतिको गठन गर्नु अहिलेको आवश्यकता भएको बताउँदै संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले भूमिका खेल्नु पर्ने बताएका थिए । बैद्य पक्षले यसअघिनै कार्यकर्ता भेलाबाट प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पदमुक्त गरेर सहमतिको सरकार गठन गर्न माग गरिसकेको छ ।
राष्ट्रपति यादवले हिजो मधेसी जनअधिकार फोरम लोकतान्त्रिक भएर नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका शरदसिह भण्डारीसँग पनि भेटवार्ता गरेका थिए ।
मुलुकलाई यथास्थितिबाट निकास दिन केही दिन देखि छलफललाई निरन्तरता दिएका राष्ट्रपतिले दलहरुको सहमतिमा छिट्टै मुलुकलाई निकास दिने तयारी स्वरुप छलफल थालेका हुन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको