माओवादीको पोलिटब्यूरो र केन्द्रीय समितिको बैठक

१० असार २०६९, आईतवार ०९:२१ मा प्रकाशित

काठमाडौ, १० असार । पार्टीको भावी कार्यदिशाको बारेमा आधिकारिक निर्णय गर्न नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजेपछि पार्टी कार्यालय बुद्वनगरमा सुरु हुने बैठकमा सङ्गठन विस्तार, पार्टीको संरचना तथा भावी रणनीति निर्माण लगायतका विषयमा छलफल हुने पोलिटब्यूरो सदस्य हरिभक्त कंडेलले बताउनुभयो । कंडेलका अनुसार केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डाको बारेमा छलफल गर्न पार्टीको पोलिटब्यूरो बैठक आज पनि बस्दैछ । विहान १० बजेपछि सुरु हुने बैठकले पारित गरेका एजेण्डाको बारेमा केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ । नेकपा–माओवादीको पोलिटब्यूरो बैठक हिजो पनि बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले