ताप्लेजुङमा खोलाले बगाउदा एकै परिवारका तीन वेपत्ता

१० असार २०६९, आईतवार ०९:१९ मा प्रकाशित

ताप्लेजुङ, १० असार । ताप्लेजुङ लिम्खीम गाविसका एकै परिवारका तीन जनालाई खोलाले बगाएर वेपता बनाएको छ । लिम्खिम ९ सिवाका धनप्रसाद सुनुवारकी श्रीमती धनमायाँ सुनुवारसहित छोरा बालकुमार सुनुवार र नाती सुमन सुनुवारलाई गएराति बगाएको हो । सावादी गाविसमा रहेको खेतमा काम गरेर फर्कने क्रममा सावाखोलामा आएको बाढिले बेपत्ता बनाएको ताप्लेजुङका रेड्क्रस सभापति गणेश अधिकारीले जानकारी दिनुभयो । स्थानिय र प्रहरीको सक्रियतामा वेपत्ताहरुको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।
यता लगातार परेको पानीका कारण आएको बाढीले जाजरकोटको लहँ गाविस वडा नं ६ रानीखेतमा १ सय ५० रोपनी जग्गा पुरेको छ । रघुनाथ खोलामा आएको बाढीले  धान रोपेको र ब्याड राखेको खेत पुरेको हो ।
त्यस्तै सिन्धुलीको हर्षाही ४ पर्साही गाउँमा रहेको जनजागरण उमाविमा दमन खहरेको बाढी पसेर विद्यालय जलमग्न बनेको छ । लगातार दुइदिन देखि परेको पानीका  कारण खहरे सिदै विद्यालयको प्राङ्गण भएर बग्न थालेको विद्यालयका प्रधानाध्यापक कुलमणी आचार्यले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको