कलियुगको कृष्ण होइन त्रेता युगको भरथ हु म : रेश्लिंग स्टार भरथ बिशुराल

९ असार २०६९, शनिबार २१:२९ मा प्रकाशित

लमजुंगका भरथ बिशुराललाई रेश्लिंग खेलको दुनियाँमा नचिन्ने बिरलै छन् , उनि रेश्लिंग खेलका स्टार हुन् जस्ले विदेशको बैभवता, नाम र धन त्यागेर मातृ भूमिमा केहि गर्ने अठोट सहित केहि दशक देखि लागि परेका छन्, रेश्लिंग खेलको बिकाश र प्रबर्धनमा । देश फर्किने बित्तिकै राजनीतिमा होमिएका बिशुराल राजनीतिमा असफल भए तर पनि उनि राजनीतिमा चासो राख्छन र बिग्रदो देशको अबस्थाले चिन्तित छन् । एकल जातीय पहिचानको आधारमा राज्यको स्वरूप निर्धारण गर्ने कुरासंग असहमत बिशुराल यो त देश बिखन्डन गर्ने कुरा भयो, देश बर्बाद पार्ने काम भयो भनेर दुखि छन उनि । बहुल धर्म र बहुल भाषाको अनुपम मेल रहेको देशको स्थाई निकाश बिश्वब्यापी प्रजातान्त्रिक मूल्य र मान्यता अनुशारको संबिधान बनाउने र त्यो संबिधान जनमत द्वारा अनुमोदन गरि संसदीय निर्बाचन मार्फत देशलाई स्थाई सरकार दिएर मुलुक निर्माणमा अग्रसर हुनु हो भन्छन बिशुराल । प्रस्तुत छ रेश्लिंग खेल मार्फत देशलाई दुनियामा चिनाएका रेश्लिंग स्टार भरथ बिशुरालसंग सिधा प्रश्नको लागि पुरुषोत्तम ढकालले गरेको कुराकानी :

१.- भरथ बिसुरालको सपना रेस्लर, राजनीतिज्ञ या समाजसेवी ?
म राजनीति बुझ्दछु र जान्दछु पनि तर म बिसुद्ध खेलाडी मात्र हु ।

२.- कुनै बेला पार्टी खोलेर राजनीतिमा आउनु भएको थियो नि ?
मैले बिग्रदो देशलाई राजनीति मार्फत सहि बाटोमा ल्याउन सकिन्छकी भनेर कोसिस गरेको थिए तर महिले ढाट छल गर्न नजानेर चुनाब हारे कारण नेपालको राजनीति सारै घिन लाग्दो फोहोरी खेल थियो जहाँ म असफल भए र पुनः खेल जीवनमै फर्किए ।

३.- यहाँले संसदीय निर्बाचनमा लज्जाजनक पराजय बेहोरे पछी पुनः चर्चामा आउन राष्ट्र संघिय महासचिवको दावी पनि गर्नु भयो भन्ने आरोप छ के भन्नु हुन्छ ?
मलाई केहि गर्ने जोश र जाँगर चली रहन्छ त्यसै कारण महिले राष्ट्रसंघिय महासचिवको दावी गरेको हु नकी चर्चामा आउन ।

४.- नेपाली जनताले तपालाई नजिताएको कारण यस्तो दुर्दिन आएकोत होइन? यदि तपाइँ हुनुहुन्थ्यो भने के गर्नु हुन्थ्यो ?
भ्रष्टाचारीलाई दण्ड र कानुनी राज स्थापित गर्थे ।

५.- राजनीति बारे यति धेरै जानकारी राख्नु हुन्छ किन नेपालको राजनीतिक दलहरु असफल भए भन्ने पनि यहाँको आफ्नै मुल्यांकन होलानी ?
कुनै यस्तो एउटा दल र नेता भएन जसले देश र जनता बारे एक पल सोचोस् सम्झियोस र मुलुको हितमा केहि गरोस, दुर्भाग्य यस्तो देशका जनताले राजनीतिको नाउंमा सधै दुख पाउछन र पाई रहेका छन् ।

६.- दलहरुको कमजोरीले त् भन्नु भयो कुन कुन दलका कस्ता कस्ता कमजोरीले नेपाल अहिलेकों अवस्था पुगेको ठान्नु हुन्छ ?
हाम्रो देशको यो दुर्दिन आउनुको मुख्य कारण माओबादीको अदुर दर्शी १० बर्षे जनयुद्ध नै हो जसले सपना बेचेर हजारौ युवाहरुलाई युद्धमा होम्यो र हजारौ सहिद त जन्मायो तर देश लाई दिशा बिहिन बनायो । सत्तामा आउने बित्तिकै आफै चरम भ्रष्टाचारमा लिप्त रह्यो र कानुनी साशनको उपहास गर्यो जसको कारण आम नेपालीले यो दुर्दिन भोग्दै छन् । जब सम्म हामीले भ्रष्टाचारीलाई दण्ड र कानुनी राज स्थापित गर्न सक्दैनौ यस्तै हो देशको अवस्था ।

७.- तर देशका अनेक जात जाति र भाषा बोल्ने जनताको बुझाइमा एकल जातीय पहिचान नहुदा देश बिग्रेको त्यसैले संबिधानमा एकल जातीय पहिचानको राज्यको स्वरूप निर्धारण गरियो भने सबै समस्या समाधान हुन्छ भन्ने भनाइ छ यो भनाइ संग कत्तिको सहमत हुनुहुन्छ ?

एकल जातीय पहिचानको आधारमा राज्यको स्वरूप निर्धारण गर्ने कुरासंग म पटक्कै सहमत छैन यो त देश बिखन्डन गर्ने कुरा भयो, देश बर्बाद पार्ने काम कुरा भयो । कुनै हालतमा संबिधानमा जातीय राज्यको स्थान हुनु हुदैन र धर्म, जातियता र क्षेत्रीयताले देश समाप्त हुन्छ । सबैले बुझ्नु पर्यो यो देश बहुल जाति बहुल धर्म र बहुल भाषाको अनुपम मेल हो । यसैलाई जीवित राखेर आर्थिक सम्वृद्धि र कानुनी राजको प्रत्याभूति गरियो भने देशको मुहार फेर्न बेर लाग्दैन ।

८.- संक्षिप्तमा भन्नुहोस्त किन बनेन संबिधान ? एकल जातीय पहिचानको आधारमा राज्यको स्वरूप निर्धारण गर्दैमा देशको टुक्रिन्छ र ? तपाइको बिचारमा अबको देशको निकाश के हुन सक्छ ?
संबिधान नबन्नुको मूल कारण एकल जातिय राज्यको माग थियो जुन देशले धान्नै सक्दैन थियो । सानो विज्ञहरुको समुहले जाति, भाषा र धर्मको बहुलतालाई ख्याल राख्दै बिश्वब्यापी प्रजातान्त्रिक मूल्य र मान्यता अनुशारको संबिधान बनाउने र त्यो संबिधान जनमत द्वारा अनुमोदन गरि संसदीय निर्बाचन मार्फत देशलाई स्थाई सरकार दिएर मुलुक निर्माणमा अग्रसर हुनुनै एक मात्र अहिलेको बिकल्प हो ।

९.- प्रसङ्ग बदलौ, भरथ बिशुराल किन नेपाल फर्केको ?
जन्म भूमिको सेवा गर्न नेपाल फर्केको । मातृ भूमिको ऋण तिर्न देश फर्केको तर म अमेरिकालाई पनि कर्म भूमिको रुपमा उत्तिकै श्रद्धा गर्छु ।

१०.- भरथ बिशुरलाका बिदेशी प्रेमिका र श्रीमती गनी साध्य र भनि साध्य थिएन भन्छन जान्नेहरु कुरो के हो ?
भन्नेको मुख कसले छेक्न सक्ने, तै पनि मलाई माया गर्ने मन पराउने धेरै थिए के गर्ने दिलवालेलाई दिल दिने हजार हुदा रहेछन ।

११.- अनि त्यति धेरै दिलदारको दिल दिनेहरुसंग यौन सम्बन्ध भयोकि भएन ?
यो नितान्त निजि कुरा भयो बुझ्नेलाई इसारै काफी, नभन्दै राम्रो होला ।

१२.- कति थिए गोरी साथि र प्रेमिका र कति हुन् तपाईका आधिकारिक श्रीमती ?
चार पटक बिबाह भयो, प्रेम भयो बिबाह भयो छुट्यो, आखिर एउटा मान्छेको एउटा
मात्र हुदो रहेछ जिबन बिताउने धर्म पत्नी,एउटा छतमा एउटा मात्रै टाउदो रहेछ तर ति दिन र ति प्रेमिकाहरुको याद भने आउदो रहेछ ।

१३.- भरथ बिशुराल कलियुगको कृष्ण हो भन्छन तपाईलाई चिन्नेहरू ?
उहाँहरुले कुरो बुझ्नु भएन कि जस्तो लाग्यो कलियुगको कृष्ण होइन त्रेता युगको भरथ हु म ।
१४.- नलुकाई भन्नुहोस्न कति छन् अन्तरङ्ग गोरी साथिहरु? जोसंग बेड सेयर गर्नु हुन्छ ?

यो नितान्त निजि कुरो भयो तर पनि जान्नै चाहने हो भने लिजासंग बिबाह गरेको हो त्यो भन्दा अघि किम्बेर्ली, मार्शल, लिन्डा, सुशान, म्यारी तियाकासंग पनी केहि महिना संगै बसेको हो र ब्राजिलकि अनासंग धेरै संगै बसियो तर कसैको इज्जत हुर्मत नलिगी, मन नदुखाइ छुट्टियो ।

१५.- प्रसङ्ग फेरी बदलौ, रेश्लिंग खेलमा हुने कुटा कुट कला होकी वास्तविकता ?
यो खेल बास्तबिक हो, मनोरंजन पूर्ण रोमान्चक खेल हो र साहसिक कला पनि हो ।

१६.- नेपालमा रेश्लिंग खेलको सम्भावना कतिको छ ?
नेपालमा फस्टाउने राजनीति मात्रै रहेछ अरु कुरा सधै ओझेलमा पर्ने तर पनि मैले मेरो बल, बुद्दी, बर्कत र सम्पति सबै लगाएको छु हेरौ परिणाम कस्तो हुन्छ सारा सर्वस्व लगाउदा पनि केहि भएन भने छोड्नु पर्ला अरु के गर्न सकिन्छ र ..।

१७.- तपाइँ अन्तराष्ट्रिय स्टार खेलाडी नेपालमा सिमित श्रोत र साधनमा कसरि यो खेल आयोजना गरि रहनु भएको छ ?
न सरकार न ब्यापारिक प्रतिष्ठान कसैले सहयोग नगर्दा पनि मेरो एक्लो प्रयासमा केहि गर्ने कोसिस गर्दै छु, यहि बर्ष स्कुलहरुमा पनि रेश्लिंग स्वास्थ्य र स्वस्थ दिमागको लागि भन्ने नाराका साथ् लादै छु जादै छु ।

१८.- अन्तरबार्ता लामो गरियो तपाइको अनुभवमा हामी र हाम्रो समाज सधै पछाडी पर्नुको कारण के हो ? भरथ बिशुराल अमेरिका हुदा धनि नेपाल हुदा गरिब हुनुको कारण के हो ?
मेरो मात्री भुमि के उछित्तो काट्नु एउटा यस्तो स्वतन्त्र नागरिक छैन जो देशलाई मात्रै मायाँ गरोस, हरेक मान्छे राजनीति गर्छ, युबाहरु अल्छी छ , चौबिश घण्टा बरालिएर हिड्छ यस्तो अल्छीहरुको देश कसरि उभो लागोस्त..? म गाउँमा जन्मे गाउँमा हुर्के र त्यहि गाउँको लागि सधै केहि गर्ने कोसिस र प्रयास गरि रहे कमाएको श्रोत र साधन गाउँ र दिन दुखीको सेवामा लगाए जसको कारण म गरिब त भए तर सुखी र खुसि रहे जति अमेरिकामा हुदा कहिल्यै पाउन सकेको थिइन ।

१९.- अन्त्यमा नसोधेको तर भन्न मन लागेको कुरा केहि छकी ?
यो देश बहुल जाति बहुल भाषा र बहुल धर्म मान्ने हरुको मिलन बिन्दु हो यशलाई भ्रष्ट्र राजनीति र राजनीतिज्ञहरुले कहिले जातीयताको नाउँमा कहिले समानताको नाउँमा विभाजित र बर्बाद पारे । मेरो बिनम्र अनुरोध छ हामी मिले भ्रष्ट्र राजनीति र राजनीतिज्ञहरुले लुटन पाउदैनन फुटाउन पाउदैन । हामी फुट्ने होइन एक भएर विश्व ब्यापी प्रजातान्त्रिक पद्दतिल्लाई आत्मसाथ गर्दै कानुनी शासनको प्रत्याभूतिमा लाग्यौ भने देश बनाउन बेर लाग्दैन । आजको दुनिया जात भाषा र बर्णको नाउँमा फुट्ने होइन आर्थिक समृद्धिको लागि केहि गर्ने बेला हो । सधै राजनीति राजनीति होइन उन्नति र प्रगतिको लागि केहि गर्ने बेला हो । आफ्नो शिप दक्षता र क्षमता अनुसार केहि गरौ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लामो इतिहास बोकेको राजतन्त्रलाई ठूलो सङ्घर्ष गरी पाखा लगाएर जनताको पोल्टामा सत्ता सुम्पिएको दाबीसँगै राजनीतिक दलहरू अधिक मात्रामा लोकतन्त्रको नारा

० वैशाख १२ को भूकम्पपछि मुलुकमा आइपरेको विपत्तिबाट पार पाउन नेपाली सेनाले प्रधानमन्त्री राहत कोषमा २४ करोड प्रदान गरेको छ,

० भूकम्प कहिले आउँछ भन्नेबारेमा यकिन गर्न त सकिँदैन भनिन्छ, तर भूगर्भीय अवस्थितिका आधारमा यसपटक नेपालमा आएको भुइँचालो कति सम्भावित

राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले संस्थापन पक्षमाथि पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएको छ । महाधिवेशनको म्यान्डेट लत्याएर पूर्वअध्यक्ष सूर्यबहादुर