मधेशी मुस्लिम फोरम लोकतान्त्रिक केन्द्रिय समितिद्वारा पार्टी परित्यागको घोषणा

९ असार २०६९, शनिबार १७:४० मा प्रकाशित

सर्लाही, ९ असार । मधेशी जन अधिकार फोरम लोकतान्त्रिकको भ्रातृ संगठन मधेशी मुस्लिम फोरम लोकतान्त्रिक केन्द्रिय समितिका सम्पूर्ण सदस्यले आज सर्लाहीमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेको छन् । मुस्लिम फोरमका केन्द्रिय अध्यक्ष शेष अजिजले आज दिउँसो लालबन्दीमा पत्रकार सम्मेलन गर्दै आफ्नो समितिका सबै २५ जनाले मधेशी जन अधिकार फोरम लोकतान्त्रिक पार्टी परित्याग गरेको घोषणा गर्नु भएको हो । पार्टी परित्याग गर्नेमा महोत्तरीका पुर्व सभासद् कौशल कुमार यादव, फोरम लोकतान्त्रिकका सर्लाही जिल्ला अध्यक्ष गंगाधर राय, मुस्लिम फोरमका सर्लाही जिल्ला अध्यक्ष मिकाईल मियाँ लगायत छन् । केन्द्रिय समितिमा रहेका २५ जनाको नामावली सहित जारी गरिएको विज्ञप्तीमा पार्टी अध्यक्ष विजय कुमार गच्छदारले पार्टीलाई आफ्नै व्यक्तिगत स्वार्थमा प्रयोग गरेकाले पार्टी परित्याग गरिएको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा