सहमतिको सरकार गठन र सहमतिमै नयाँ निर्वाचनको मिति घोषणा गर्न महासंघको माग

९ असार २०६९, शनिबार १७:०२ मा प्रकाशित

काठमाडौ, ९ असार । नेपाल पत्रकार महासंघले संविधानसभाको विघठन भन्दा अघि दलहरुवीच भएको सहमतिको आधारमा सहमतिको सरकार गठन गरी सहमतिमै नयाँ निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।
महासंघको चरिकोटमा बसेको केन्द्रीय समितिको बैठकले नसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण नभई संविधानसभा समाप्त हुनु नेपाल र नेपाली जनतामाथि घोर अपमान भएको ठहर गर्दै संविधान नबनाउनु मुलुकका राजनीतिक दलहरुले जनतासमक्ष गरेका बाचाको उपेक्षा भएको ठहर गरेको छ ।
बैठकले    बढदो दण्डहीनता, सरकारसहित विभिन्न पक्षबाट भएका हस्तक्षेप र आक्रमणले पत्रकारलाई निर्भयतापूर्वक काम गर्न बाधा उत्पन्न गरेको ठहर गर्दै  सरकार आमसंचारक्षेत्रमाथि विभिन्न बहानामा हस्तक्षेप गर्ने योजनामा रहेको दावी गर्दै त्यस्तो  काम तत्काल अन्त गर्न सरकारसँग माग गरेको छ ।
त्यसैगरी श्रमजीवि पत्रकार ऐन तत्काल लागु गर्नु पर्ने, लोककल्याणकारी विज्ञापनको भुक्तानी तत्काल गर्नुपर्नेलगायतका निर्णय पनि बैठकले गरेको छ ।

महासंघले संचारमाध्यममा आउने गरेको लगानीप्रति आशंका ब्यक्त गर्दै लगानी पारदर्शी हुनु पर्नेमा जोड दिएको छ । उसले अपारदर्शी र अदृश्य लगानीले व्यावसायिकताको धारलाई कमजोर बनाउनेमा चिन्ता ब्यक्त गर्दै यस्ता लगानीले संचारमाध्यमको भूमिका र विकासक्रमलाई प्रभावित तुल्याउनेतर्फ सबैको ध्यान आर्कषित गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा