स्वास्थ्य लाभ गरी राजपा अध्यक्ष थापा घर फिर्ता

९ असार २०६९, शनिबार १६:५८ मा प्रकाशित


काठमाडौ, ९ असार । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा स्वास्थ्यलाभ गरी आज घर फर्कनुभएको छ । जेठ २७ गते अकस्मात बेहोस भएपछि श्री थापालाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई नर्भिक अस्पतालका वरिष्ठ चिकित्सक भरत रावत तथा भारतबाट आएका वरिष्ठ चिकित्सकहरु आरआर कास्लिवाल र  नगेन्द्र चौहानसहितको टोलीले उपचार गरेको थियो । अध्यक्ष थापालाई अस्पतालमा शल्यक्रिया गरी पेसमेकरसमेत जडान गरिएको छ । उहाँ अहिले पूर्णरुपमा स्वस्थ रहनुभएको अध्यक्ष थापाका छोरा सुनिलले जानकारी दिनुभयो । अस्पतालबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग सङ्क्षिप्त भेटघाटमा अध्यक्ष थापाले धैर्य र संयमतापूर्वक अविचलित रही उपचारमा संलग्न रहेर आफ्नो स्वास्थ्यस्थितिमा उल्लेखनीय सुधार ल्याउन ‘जीवनदाता’ भूमिका निर्वाह गरिएको भनी  चिकित्सकहरुप्रति विशेष आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको