मुलुकमा माओवादी र मधेसी मोर्चाका कारण धुव्रीकरणः खनाल

९ असार २०६९, शनिबार १६:५४ मा प्रकाशित

काठमाडौ, ९ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादी र मधेसी मोर्चाका कारण मुलुक धुव्रीकरणमा फसेको आरोप लगाउनु भएको छ । नेकपा एमाले सम्पर्क विषेश समुन्वय कमिटीको भेलालाई उद्घाटन गर्दै अध्यक्ष खनालले माओवादी मधेसी गठबन्धन नै मुलुकका लागि घातक भएको बताउनुभयो । उहाँले एकीकृत नेकपा माओवादीले मुलुकलाई पछाडी धकेल्न खोजेपनि एमालेले नेतृत्वदायी भूमिका खेलेर निकास निकाल्ने बताउनुभयो । उहाँले दलहरु नमिल्ने सम्म कुनैपनि समस्याको निकास दिन नसकिने र दलहरु मिल्नका लागि पहिले प्रधानमन्त्रीले कुर्सी छोड्नुपर्ने तर्क गर्नुभययो । पार्टीभित्रको समस्या पार्टीभित्र बसेर छलफल गर्नुपर्ने पनि खनालले बताउनुभयो । आजै झापा पुग्नु भएका एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समस्याको समाधानका लागि एकीकृत नेकपा माओवादी नै वाधक रहेको बताउनु भएको छ । नेपाल पब्लिक संघको भेलालाई उद्घाटन गर्दै एमाले नेता नेपालले सरकार अझैपनि एकलौटी ढंगले चल्न खाजेको र निकासमा गम्भीर नभएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे