प्रहरीद्वारा बिहानै राजधानीका डनहरुको घरमा सर्च

९ असार २०६९, शनिबार ११:५४ मा प्रकाशित

काठमाडौ, ९ असार । प्रहरीले आज बिहानै राजधानीमा सर्च अभियान गरी ६४ जना डन र गुन्डाहरूको घरमा छापा मारेको छ । सर्च अभियानका क्रममा दिपक मनाङ्गे, बाघे लामा, कुमार घैंटे, शशी अधिकारी, पन्चे लामा, चरि भनिने दिनेश अधिकारी, दावा लामा, तेजेन्द्र गुरूलगायतको घरमा प्रहरी छापा मारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी जयबहादुर चन्दको नेतृत्वमा गएको टोलीले उज्यालो नहुँदै छापा मारेको हो । उनीहरूमध्ये केहीको घरबाट प्रहरीले खैरो हिरोइनसमेत बरामद गरेको छ । महानगरीय प्रहरीका प्रवक्ता डीएसपी धीरजप्रताप सिंहले सर्च अभियान अझै जारी रहेको बताउनुभएको छ । प्रहरी एकैपटक ठूलो सङ्ख्या सर्च अभियान सन्चालन गरेको यो पहिलो घटना हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।

झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो