बजेट ल्याउने विषयमा सहमति जुटाउन अर्थमन्त्रीद्धारा प्रचण्डसँग आग्रह

९ असार २०६९, शनिबार ११:५२ मा प्रकाशित


काठमाडौ, ९ असार । आर्थिक वर्ष २०६९÷०७० को बजेटमा सहमति जुटाउनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग निरन्तर भेटघाट गर्दै आउनुभएका अर्थमन्त्री वर्षमान पुनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा राजनीतिक सहमतिमै बजेट ल्याउनका लागि सहयोग गर्न अर्थमन्त्री पुनले अध्यक्ष प्रचण्डलाई अनुरोध गर्नुभएको अर्थसचिव कृष्णहरि बास्कोटाले जानकारी दिनुभयो । राजनीतिक सहमतिमै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका नेताहरूले जोड दिई राख्नुभएको सन्दर्भमा एकीकृत माओवादी अध्यक्ष प्रचण्डले पनि सहमतिकै आधारमा बजेट ल्याउनका लागि आफू र आफ्नो पार्टी सकारात्मक रहेको बताउनुभएको थियो ।
व्यवस्थापिका संसद नरहेको सन्दर्भमा राजनीतिक सहमति जुटाएर बजेटका लागि बाटो खोलिदिन आग्रह गर्दा अध्यक्ष प्रचण्डले आफू तयार रहेको र अन्य दलसँग पहलसमेत गरिरहेको जानकारी दिनुभएको अर्थसचिव बास्कोटाले जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोगले ४ सय २९ अर्बको सिलिङमा बजेट ल्याउन निर्देशन दिएको र सोही आधारमा बजेट निर्माण भइरहेको अध्यक्ष प्रचण्डलाई जानकारी गराइएको अर्थसचिव बास्कोटाको भनाइ छ । अध्यक्ष प्रचण्डलले बजेटको सवालमा राष्ट्रिय सहमति निर्माण गरेर नै अगाडि बढ्ने र त्यसका लागि आफ्नो प्रयास एकदमै सकारात्मक रहने बताउनुभएको थियो । बजेट निर्माणमा सहमति जुटाउने प्रयास सुरु गर्नुभएका अर्थमन्त्री पुनले हिजो एमाले अध्यक्ष झलनाथ खनाल र अस्ति नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालासँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका