संविधानका लागि राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको नेता देउवाको भनाई

८ असार २०६९, शुक्रबार १४:५४ मा प्रकाशित

काठमाडौ, ८ असार । नेपाली काँगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ संविधान लेखनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नाको विकल्प नभएको बताउनुभएको छ । लोकतान्त्रिक गैरसरकारी संस्था महासङ्घ फेडेनको राष्ट्रिय भेलाको आज राजधानीमा उद्घाटन गर्दै उहाँले मुलुकलाई चार वर्षसम्म पनि संविधानविहीनको अवस्थामा राखेको ठूलो दलको हैसियतमा रहेको एकीकृत माओवादीले फेरि संविधान बनाउने भन्दै आफूले नै नेतृत्व गर्ने भनाइ राख्नु औचित्यहीन हुने टिप्पणी गर्नुभयो । वरिष्ठ नेता देउवाले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सशक्त र प्रभावकारी माध्यम नै मुलुकका गैरसरकारी संस्था भएकाले अहिले सरकारभन्दा गैरसरकारी संस्था बलियो भएको स्थितिमा तिनलाई प्रभावकारी बनाउन आवश्यक भएको पनि बताउनुभयो । कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा रामशरण महतले गैरसरकारी क्षेत्रलाई लोकतान्त्रिक पद्धति र विधिअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । फेडेनका अध्यक्ष डा बालगोपाल वैद्यले गैरसरकारी संस्थाका कार्यक्रमको समीक्षा, भावी रणनीति निर्माण, गैरसरकारी संस्थाको सबलीकरण र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत जाने कार्यक्रमका बारेमा स्पष्ट कार्यदिशा तय गर्न भेलाको आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार