जनजातिहरु राजनीतिक शक्ति निर्माणमा लागेको लेखीको भनाइ

८ असार २०६९, शुक्रबार १४:४४ मा प्रकाशित

बुटवल, ८ असार । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले नयां राजनैतिक शक्ति निर्माणका लागि आदिवासी जनजातिहरु लागेको बताउनुभयो । आदिवासी जनजातिले राज्यसंग भीख माग्ने होइन, अधिकारको बाँडफाँट गर्ने ठाउँमा जानुपर्ने भएकोले अब  राजनैतिक शक्ति निर्माणमा लागेको बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीले गरेको कार्यक्रममा लेखीले जनजाति अधिकारको लागि अब त्यसको विकल्प नभएकोमा जोड दिनुभयो । उहाँले नयाँ शक्ति निर्माणका लागि असार १९, २० र २१ गते राष्ट्रिय राजनैतिक सम्मेलन गर्ने जानकारी दिदैं सम्मेलनमा ७१ जिल्लाबाट राजनैतिक दलका जनजाति नेता सहभागी हुने पनि बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट