ब्राजिलमा रहनु भएका प्रधानमन्त्री भेटघाटमा व्यस्त

८ असार २०६९, शुक्रबार १४:४० मा प्रकाशित

काठमाडौ, ८ असार । दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन ब्राजिलको रियो दि जेनेरियोमा रहनुभएका प्रधानमन्त्री डा बाबुराम भट्टराईले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नुभएको छ ।    प्रधामन्त्री डा भट्टराईले क्युबाका राष्ट्रपति राउल क्यास्ट्रो, टर्कीका प्रधानमन्त्री रेसेप टाइप इर्डाेभेनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा अवसरमा प्रधानमन्त्री डा भट्टराई र क्युबाका राष्ट्रपति क्यास्ट्रो दुई देशबीच द्विपक्षीय सहकार्य र दुई देशको मित्रतालाई अझै प्रगाढ बनाउन सहमत हुनुभएको थियो ।  क्यास्ट्रोले क्युबा भ्रमणको लागि प्रधानमन्त्री डा भट्टराईलाई औपचारिक निम्तो दिनुभएको छ । त्यसैगरी टर्कीका प्रधानमन्त्रीसँगको भेटमा अल्पविकसित देशहरुको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै उनीहरुको आवाज विश्वसामु फैलाउन दुवै नेता सहमत हुनुभएको थियो । टर्की सरकार दुईपक्षीय सम्बन्धलाई प्राविधिक, आर्थिक र व्यापारिक सहकार्य विस्तार गर्न  इच्छुक रहेको प्रधानमन्त्री भट्टराईले जानकारी दिनुभयो । इस्तानबुल सम्मेलनको अग्रसरता लिएकामा प्रधानमन्त्री भट्टराईले टर्किस सरकार र क्युबाका राष्ट्रपति क्यास्ट्रोलाई नेपालका तर्फबाट धन्यवाद दिनुभयो ।
यसैगरी पेरुका राष्ट्रपति ओलान्टा हुमलासँग भएको भेटमा प्रधानमन्त्री डा भट्टरार्ईले हिमाली क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य गर्न आग्रह गर्नुभयो । त्यस अवसरमा हुमलाले हिमाली क्षेत्रको विषयमा अन्तर्राष्ट्रिय सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रपति हुमलाले दुई देशका विज्ञ र नेताहरुको  एक अर्का देशमा भ्रमण गराएर पर्वतीय विषयमा छलफल एवम् अन्तक्र्रिया गरी अनुभव आदानप्रदान गर्न पनि प्रस्ताव गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई