चट्याङ लागेर खोटाङमा दुई महिलाको मृत्यु

८ असार २०६९, शुक्रबार १२:२६ मा प्रकाशित

खोटाङ, ८ असार । चट्याङ लागेर खोटाङमा दुई महिलाको ज्यान गएको छ । बिहिबार साँझ परेको चट्याङ लागेर हौंचुर–१ पैयाँकी ५९ वर्षीय कमलसरी राई र २९ वर्षीय देवी तामाङको ज्यान गएको हो । चट्याङ लागेर बेहोस बनेका उनीहरुको आज बिहानपख ज्यान गएको स्थानीय दावा शेर्पाले जानकारी दिनुभयो । खार्मी–५ बोहोरीबोट घर भएकी मृतक राई माईती घरमा बस्दै आउनु भएको थियो । चट्याङ लागेर बहोस बनेका सनमान तामाङको अझै होस नखुलेको स्थानीयबासीले जानकारी दिएका छन् । घट्नास्थलतर्फ आज बिहान प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । यस्तै, चट्याङले खार्मीका लेक गाउँ, गोपीखर्क, निगालेलगायतका घरहरुमा क्षति पु¥याएको छ । विद्युतको मेल लाईन र घर–घरको लाईनमा व्यवस्थित अर्थिङ तथा राम्ररी वाईरिङ नगरिएका कारण एक ठाउँमा परेको चट्याङले सबै ठाउँमा धनजनको क्षती पु¥याएको स्थानीयबासीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी