बजेटका लागि सहयोग गर्न एमाले अध्यक्षलाई अर्थमन्त्रीको आग्रह

८ असार २०६९, शुक्रबार १२:२४ मा प्रकाशित


काठमाडौ, ८ असार । नयाँ आर्थिक वर्ष २०६९÷७० को बजेटका बारेमा आज अर्थमन्त्री वर्षमान पुन र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा भएको भेटमा अर्थमन्त्रीले सरकारले पूर्णआकारको बजेट ल्याउने तयारी गरिरहेको जानकारी गराउँदै सहमतिका लागि एमाले अध्यक्षलाई आग्रह गर्नुभएको थियो । यसैगरी  एमाले अध्यक्ष झलनाथ खनालले अहिलेको अवस्थामा राजनीतिक नगरी कुनै पनि बजेट ल्याउन नसक्ने धारणा राख्नुभएको थियो । अर्थमन्त्री पुनले बजेटबारे राजनीतिक सहमति जुटाउने क्रममा हिजो काङ्ग्रेस सभापति सुशील कोइरालालाईपनि भेट्नु भएको थियो । प्रतिपक्षी दलहरूले राष्ट्रिय सहमति गरेर मात्र बजेट ल्याउनुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत